संविधान संशोधन भए तमलोपा निर्वाचनमा जान तयार

भक्तपुर न्यूज

१३ पुष २०७३ ९:११

संविधान संशोधन भए तमलोपा निर्वाचनमा जान तयार

काठमाडौं, १३ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीले संविधान संशोधन भए आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको जनाएको छ।
पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्‍याएका हुन्। पार्टीको नवौं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उनँले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव परिमार्जन नभई निर्वाचनमा जान आफूहरु तयार नहुने स्पष्ट पारे।
सहअध्यक्ष त्रिपाठीले संविधान संशोधन प्रस्ताव परिमार्जन नभएसम्म सरकारले अघि बढाउने कुनै पनि कदममा साथ नदिने जिकीर पनि गरे। तमलोपाले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितको गठबन्धनलाई आग्रह पनि गरेको छ। सबै समुदायको माग सम्बोधन नभएसम्म आफूहरु मन, बचन र कर्मले आन्दोलनमा लागि रहने पनि तमलोपाद्वारा आज जारी प्रेस नोटमा उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *