निर्वाचनको मिति तोक्न तीन दलका नेता सहमत
काठमाडौं २८ मंसिर। प्रमुख तीन दलका शीर्ष नेताहरु स्थानीय चुनावको मिति छिट्टै घोषणा गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन प्रमुख नेता सम्मिलित बैठकमा संविधान संशोधनलाई थाती राखेर भए निर्वाचनमा जाने या सँगसँगै दुवै प्रक्रिया लैजाने भन्नेबारे छलफल भएको एमाले अध्यक्ष केपी ओलीले जानकारी दिए ।
‘ निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भयो, बैठकपछि ओलीले पत्रकारहरुसँग भने, सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा दुईमत छैन, त्यसैले निर्वाचनबारे थप छलफल हुनेछ ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधन र निर्वाचनबारे छलफल भएको र निर्वाचनमा जान सबै नेताहरु सहमत भएको प्रतिक्रिया दिए । सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव भने प्रतिपक्षी एमालेले चाहेजसरी फिर्ता नहुने देउवाले प्रष्ट्याए
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४