अख्तियारले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोज्यो : प्रधानमन्त्री दाहाल

भक्तपुर न्यूज

२४ मंसिर २०७३ ११:१३

अख्तियारले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोज्यो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोजेको टिप्पणी गरेका छन् । राज्यद्वारा अख्तियार दुरुपयोग नियन्त्रणका लागि गठन गरिएको संस्थाले राज्यभन्दा आफूलाई ठूलो ठान्नु अदुरदर्शी प्रवृत्ति भएको भन्दै उनले सरकारभन्दा आफू ठूलो भन्ने भावना त्यागेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारको अन्त्य गरेर समृद्ध मुलुक निर्माण गर्न सबै पक्षको सहयोग आवश्यक रहेकाले आयोग पनि सोही भुमिकामा प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अख्तियारका निमित्त प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचारको क्षेत्रमा नेपालले अन्तराष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धता पूरा गर्न आयोगको कार्यक्षेत्र विस्तार गरिनुपर्नेमा जोड दिए । मुलुकमा विभिन्न संस्थामा संस्थागत हुदै गएको भ्रष्टाचार नियन्त्रणका लागि सरकारले निर्मम प्रहार गर्नु आवश्यक रहेको पनि उनले औंल्याए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले अख्तियारलाई आफ्नो क्षेत्राधिकार अनुसार काम गर्न सरकारले सबै श्रोतसाधन उपलब्ध गराउने भन्दै जनताको विश्वास जित्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *