काठमाडौंमा टाटा टिपर मेला हुने

भक्तपुर न्यूज

२३ मंसिर २०७३ ८:१२

काठमाडौंमा टाटा टिपर मेला हुने

काठमाडौं २३ मंसिर । सिप्रदी ट्रेडिङ्ग प्रालिले मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला सञ्चालन गर्ने भएको छ । टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी गराएको छ ।साथै कम्पनीले पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने, नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्नेछ ।

यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुसहित सम्पन्न हुनेछ । टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *