सडकलाइ होइन संसदलाइ उपयोग गर : रिजाल

भक्तपुर न्यूज

२३ मंसिर २०७३ ७:०९

सडकलाइ होइन संसदलाइ उपयोग गर : रिजाल

भक्तपुर, २३ मंसिर । नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले संसदलाई उपयोग गर्न प्रतिपक्षलाई आग्रह गरेका छन् ।
रफत सञ्चार कल्बले आयोजना गरेको साक्षकार कार्यक्रममा बोल्दै रिजालले वर्तमान समयमा सडक आन्दोलन जुलुस हड्ताल भन्दा पनि संसदमा आएर संशोधनका बिषयमा छलफल अगाडि बढाए मात्र समाधानको उपाय निक्लने बताउनु भएको छ ।
उनले एमालेले संबिधान संशोधनको पक्षमा नरहेता पनि संसदको पक्रियालई अवरुद्ध नगरि संशोधनको छलफलमा गए मात्र संबिधान कार्यान्वयनको पाटोले तिब्रता पाउने भन्दै सहकार्य र सम्भाmैता नै संबिधान कार्यान्वयनको सफल पक्ष रहेको बताए ।
संबिधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन असम्भव रहेको रिजालको टिप्पणी छ ।
मधेशी नेताले बोले बिदेशीले बोलेको भन्ने भ्रमलाई त्याग्दै मधेशका नागरिकको जायज मागलाइ सम्बोधन गर्नु पर्ने र संसदमा छलफल गर्दै गए अझ राम्रा संशोधन आउने र त्यसले नेपाललाई समृद्धि तर्फ लाँदै संबिधान कार्यान्वयनको पाटो मजबुद हुने उनले बताए ।
उहाँले नेकपा एमालैकै कारण प्राधिकरणको कर्मचारी नियुक्तमा ढिलाई भएको भुकम्प पिडितले तत्कालै राहत पाउनु नसकेको र वर्तमानमा समेत सोच अनुसार सरकारले काम गर्न नसक्नु लाचारी रहेको स्विकार गरे ।
काँग्रेस र माओवादी बीच सरकार समिकरणका बिषयमा पहिलनै सम्झौता भईसकेकाले आवश्यकता अनुसार समिकरण परिवर्तन हुने भएता पनि तत्कालै सरकारको समिकरणमा कुनै परिवर्तन देखा नपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *