चौथो पटक संसद अवरुद्ध
काठमाडौं, २२ मंसिर । आज पनि संसद अवरुद्ध भएको छ । विधान संशोधन विधेयक दर्ता भएको विरोधमा संसद अवरुद्ध गर्दै आएका एमालेसहित ५ प्रतिपक्षी दलले आज पनि संसद बैठक अवरुद्ध पारेका हुन् । संशोधन प्रस्ताव फिर्ताको माग गर्दै संसद अबरोध गरेको यो चौथो पटक हो ।
एमालेसँगै माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेपाल राष्ट्रिय पार्टीले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनासाथ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विशेष समय लिएर बोल्दै ग्रान्डडिजाइन अन्तरगत संशोधन प्रस्ताव आएको भन्दै कुनै हालतमा स्वीकार्य नहुने बताए ।
सभामुख ओनसरी घर्तीले संसद बैठक २४ गतेसम्मका लागि स्थगित गरेकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८