पाँच सय र हजारका भारतिय नोट भेटिन थाले नहरमा

भक्तपुर न्यूज

२० मंसिर २०७३ ९:५९

पाँच सय र हजारका भारतिय नोट भेटिन थाले नहरमा

एजेन्सी २० मंसिर । प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि भारतको नहरहरूमा पानीसँगै नोट बग्न थालेको छ। नैनितालको हल्द्वानीस्थित कालाढुंगी क्षेत्रमा रहेको नहरबाट सोमबार पानीसँगै पाँच सय र हजार रुपैयाँको नोट बगेर आएपछि स्थानीयहरू दंग परेका छन्।

भारतीय सरकारले कालोधनमाथि अंकुस लगाउन गत एजेन्सी २० मंसिर ।महिना पाँच सय र हजार रुपैयाँको पुरानो नोट नचल्ने घोषणा गरेपछि देशभित्र अन्यौलको स्थिति छ। नहरमा अत्याधिक मात्रामा नोट फेला पर्न थालेपछि गाउँलेहरूको भीड लागेको थियो। स्थानीयवासीका अनुसार नहरबाट नोट निकाल्न दुई किलोमिटरसम्म मानिसहरूको भीड लागेको थियो। नदीबाट केहीले ५ सयका नोट दुई लाख रुपैयाँसम्म नगद निकालेका थिए।

यो घटनाका कारण सडक जाम भएपछि स्थानीय प्रहरी र विशेष प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ। स्थानीय काठघरियाका मानिसले विहान ६ बजेदेखि नै नहरमा रुपैयाँ बगेर आएको आफूहरूले देखेको प्रहरीलाई जानकारी दिएका छन्। हाल भारतीय गुप्तचर विभाग भने रुपैयाँ कहाँबाट आयो भन्ने कुरा पत्ता लगाउने अभियानमा जुटेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *