माओवादी केन्द्रको पोलिटब्युरो बैठक आज पनि बस्दै

भक्तपुर न्यूज

२० मंसिर २०७३ ५:२९

माओवादी केन्द्रको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं, २० मंसिर । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने छ ।
केही दिन यता जारी पोलिटब्युरो बैठकमा स्थानीय तहसम्म संगठन विस्तारका लागि पोलिटब्युरो सदस्यको कार्य विभाजन, संगठन संरचना र स्थानीय निकाय निर्वाचनमा पार्टीको रणनिति तय गर्ने विषयमा छलफल भइरहेको छ ।
बैठकमा संविधान संशोधन प्रस्ताव दर्ताको विरुद्धमा देशका विभिन्न क्षेत्रमा भएका आन्दोलनका बारेमा पार्टीको भुमिका कस्तो रहने भन्ने बारेमा पनि छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *