डा. के.सी.को २२ दिन लामो अनसन तोडियो
काठमाडौं, १९ मंसिर । डा. गोविन्द के.सी.को अनसन तोडिएको छ । १२ बुँदे माग राखी विगत २२ दिन देखि अनसन बसेका केसीको माग सरकारले पुरा गरेपछि उनले अनसन तोडेका हुन् ।
भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा.केसीले अनसन तोडेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा..केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट्ने गरी हिजो साँझ सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच १२ बुँदे सहमति भएको छ ।
डा. केसीको माग अनुसार डिन केपी सिंहले राजीनामा दिएका छन् भने जेपी अग्रवाल डिन नियुक्त भइसकेको छन् । एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिर एमबीबीएस अध्ययन शुल्क ४२ लाख हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ १४:१३