संबिधान कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपूर्ण
भक्तपुर, १९ मंसिर । संबिधान कार्यान्वयन र संबिधान संशोधनको बिषयले देशको माहौल तातिरहेको बेला भक्तपुरमा आयोजित एक कार्यक्रमका बत्ताहरुले संबिधान कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपूर्ण र प्रभावकारी रहेको बताएका छन् । नेपाल प्रेस युनियन भक्तपुरले हिजो आयोजना गरेको संबिधान कार्यान्वयनका चुनौति र संचार माध्यमको भूमिका तथा नवनियुक्त राज्यमन्त्रीहरुको सम्मान कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री मिठु मल्लले संबिधान कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्पपूर्ण र प्रभावकारी रहेको बताउँदै पत्रकारले संबेदनशिल भएर कलम चलाउनुपर्ने बताईन् । उनले संबिधान कार्यान्वयनका लागि संबिधान संशोधन प्रस्तावलाई पारित गरी निर्वाचनमा जानुपर्ने बताईन् ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले संबिधान कार्यान्वयनमा चुनौति रहेको बताउँदै यही चुनौतिबीच संचारकर्मीले आँट गरेर संबिधान कार्यान्वयनको पक्षमा कलम चलाउनुपर्ने बताए । उनले सके राज्यको नयाँ पुनसंरचनामा नसके पुरानै संरचनामा भए पनि छिटो स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ, बरिष्ठ पत्रकार कविर राणा, प्रेस युनियनका केन्द्रीय महासचिब अजयबाबु शिवाकोटी, प्रेस युनियन जिल्ला अध्यक्ष प्रबल भट्टराई लगायतले संबिधान कार्यान्वयनका लागि पत्रकारले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।