भारतले ल्याएको संबिधान संसोधन पास हुँदैन : मैनाली

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ९:५७

भारतले ल्याएको संबिधान संसोधन पास हुँदैन : मैनाली

भक्तपुर, १७ मंसिर । नेकपा मालेका महासचिव सीपी मैनालीले संबिधान संशोधनले पूर्णता नपाउने बताएका छन् ।
नेकपा माले भक्तपुरले गरेको जनसभामा बोल्दै मैनालीले वर्तमान समयमा मधेशको मागलाई सम्बोधन गर्न लागिएको संबिधान संशोधन नेपाल र नेपालीका लागि घातक भएकाले सत्ताधारी दलहरुले ल्याएको संबिधान संशोधन राष्ट्रघाती साबित भइसकेकाले संसदमा बढ्दो जनमतकै कारण फेल हुने बताए ।
नेपालको अस्थिरता र गरिबीमा सधैं रमाउने भारतले नेपालको संबिधान संशोधन गरि लाभ लिने खेलमा बिगत देखि नै लागेको र त्यसको प्रत्यक्ष गोटी प्रचण्ड बनेको भन्दै मैनालीले नेपाल र नेपालीको लागि घातक सावित हुने संबिधान संशोधनले नेपाललाई सिकिम्मीकरण तर्फ लाँदै गरेको बताए । उनले भारत हरेक हिसाबले नेपालको बिकासको बाधक बनेको टिप्पणी गरे ।
नेपालमा आफ्नो एकाधिकार कायम राख्न कष्मेटिकरुपमा केही गरे जस्तो गरे चीनसँग भएको पारवहन सम्झौता बिफल बनाउन भारतिय समयन्त्र सक्रिय रहेको उनको भनाई छ ।
विगतमा नेपाली राजसंस्था नेपालको बिकासको बाधक भन्ने बिषय नेपाली जनआन्दोलन अघि उठ्ने गरेता पनि त्यसो नभएको भन्दै मैनालीले संबिधान जारी पश्चात भारतले आफ्नो लाभ सिद्ध नभपछि नेपालमा गरेको नाकाबन्दीले राजसंस्था नभएर भारत नेपालको बिकास बिरोधी भएको र नेपाललाई आफ्नो अनुकुल प्रयोगको थलो बनाएको बताए ।
मैनालीले केही जातिय दलहरु र तराईबादी दलहरुको संक्रिण राजनीति सोचकै कारण भारतले नेपालको संबिधान संशोधनमा चलखेल गर्ने वातावरण झनै मजबुद भएको भन्दै जातिय र क्षेत्रियताको राजनीतिको अन्त्य हुनु पर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय मामलामा नेपाल भारतको पक्षमा उभिने सहमती गर्नु नेपालको सार्वभौमिकता बिपरित रहेको र यसले नेपाल र नेपालीको स्वाभिमानमा प्रश्न उठाएको बताए ।
दुई ठूला देशको बीचमा रहेको नेपालको हरेक गतिबिधिलाई नियालीरहेका उनीहरुले नेपालमाथि प्रत्यक्ष हस्तक्षेपकारी भूमीका खेल्दा नेपालमा राजनितिक अस्थिरता बढेको उनको टिप्पणी छ ।सभामा पूर्व मन्त्री कुमार बेलबासे र नेकपा माले भक्तपुरका सदस्य मनोज थापा लगाएतका नेताहरुले आफ्नो भनाइ राखेको उक्त सभाको सभापतित्व नेकपा माले भक्तपुरका सचिब अदिप खड्काले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *