भारतको निर्देशनमा संशोधन प्रस्ताव आयोः नेमकिपा

भक्तपुर न्यूज

१५ मंसिर २०७३ ८:०१

भारतको निर्देशनमा संशोधन प्रस्ताव आयोः नेमकिपा

भक्तपुर, १५ मंसिर । नेपाल मजदुर किसान पार्टीले भारतको निर्देशनमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताएको छ ।
आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले भारतीय शासक वर्गको निर्देशनमा संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव नेपालको सार्वभौमिता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको हो ।
संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र हो, निर्णयमा भनिएको छ ।
नेमकिपाले संशोधन प्रस्ताव आफूले बिरोध गर्ने उल्लेख गर्दै अरु राजनीतिक दललाई पनि यसको बिरोध गर्न आह्वान गरेको छ ।

unnamed-2


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *