१० राज्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण आज
काठमाडौं, १५ मंसिर । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबाट सिफारिस भएका १० राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।
सिफारिसमा पर्नेहरुमा खानेपानी तथा सरसफाईमा दीपक खड्का, उद्योगमा कञ्चनचन्द्र बादे, सिंचाईमा सुरेन्द्र आचार्य र वाणिज्यमा मिठु मल्ल रहेका छन् । यस्तै, श्रममा दिलीप गच्छदार, वनमा सीताराम मेहता, भौतिक पूर्वाधारमा दीर्घराज भाट, सहरी विकासमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र पर्यटनमा इन्द्र वानियाँ रहेका छन् ।
सपथ ग्रहण आज हुने भनिएता पनि समय भने तय भई नसकेको जनाएको छ । कांग्रेसबाट १० राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद ४१ सदस्यीय हुनेछ ।
आन्तरिक विवाद देखिएपछि सरकार गठनको लामो समयपछि काग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने थप राज्यमन्त्रीहरुको नामावली हिजो सरकारलाई पठाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८