कांग्रेसले बुझायो राज्यमन्त्रीको नाम
१४ मंसिर, काठमाडौं । लामो समय सम्म पनि आफ्नो पार्टीको तर्फबाट राज्य मन्त्रीको सूची पठाउन नसकेको काँग्रेस १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीलाई बुझाएको काँग्रेस स्रोतले जनाएको छ ।
सरकारमा कांग्रेसको नेतृत्व गरेका निधिले १० जना राज्यमन्त्रीहरुको नाम र मन्त्रालयसहित प्रधानमन्त्रीलाई पठाएका हुन् । स्रोतका अनुसार दिर्घसिंह भाट भौतिक योजना राज्यमन्त्री, सिताराम मेहेता वन र तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको लागि सिफारिस गरिएको छ । त्यस्तै सुरेन्द्र आचार्य सिंचाइ राज्यमन्त्रीमा सिफारिस भएका छन् भने सुवर्ण ज्वारचन शहरी विकास राज्यमन्त्रीको लागि सिफारिसमा परेका छन् । दिलिप गच्छदार श्रम राज्यमन्त्री, इन्द्र बानियाँ पर्यटन, दिलिप खड्का खानेपानी तथा सरसफाइ, कञ्चन वादे उद्योग, मिठु मल्ल वाणिज्य राज्यमन्त्रीको लागि सिफारिस भएको कांग्रेस उच्च स्रोतले जनाएको छ ।