केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं, ९ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । हिजो माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए। उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा अमित थापाको समूह उनको उपचारमा संलग्न छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८