राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजपनि

भक्तपुर न्यूज

९ मंसिर २०७३ ४:१३

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजपनि

काठमाडौं, ९ मंसिर । हिजो देखि राजधानीमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि बस्ने भएको छ । पाटी एकीकरण पछि पहिलो पटक हिजोबाट राजधानीको एक पार्टी प्यालेसमा उद्घाटन भएको केन्द्रिय समितिको बैठक अहिले केहि वेरमा धुम्बारही स्थित पार्टी कार्यालयमा बस्ने छ ।
आगामी माघमा गर्ने भनिएको महाधिवेशनको कार्य विधी र एजेन्डाहरुको बारेमा छलफल गर्न भन्दै बोलाएको बैठकमा आज पनि बोल्न बाँकी रहेका सदस्य हरुले आफ्नो धारणा राख्ने छन् ।
प्रतिवेदनमाथि ४० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेकाले बैठक आजका लागि सारिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभएको छ । हिजोको बैठकमा ५४ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।
उक्त प्रतिवेदनमा यही मङ्सिर २५ गतेभित्र सबै तहका कार्यसमितिको पुनर्गठन गर्नुपर्ने उल्लेख छ । त्यसका लागि जिल्ला, क्षेत्र, नगर, गाउँ र वडा तहमा एकीकरण गर्दा केन्द्रीय÷जिल्ला पर्यवेक्षकको उपस्थितिमा तत्कालीन दुवै पार्टीको कार्यसमितिको संयुक्त बैठक गरी समझदारीका आधारमा एकीकृत कार्यसमिति गठन गर्नुपर्नेछ ।
दुवै पक्षको बराबरी प्रतिनिधित्व हुनेगरी जिल्ला, क्षेत्र, नगर, गाउँ तथा वडा इकाइ समितिको एकीकृत कार्यसमिति गठन गर्ने र एकीकरण गर्दा कुनै विवाद उत्पन्न भएमा कार्य सम्पादन समितिले दिएको निर्देशन बमोजिम हुने प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *