भारतीय सेनाध्यक्ष सिंह र प्रधान सेनापति क्षेत्रीबीच भेटवार्ता
काठमाडौं, २६ कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण गरेर फर्केको एकसाता नबित्दै भारतीय सेनाध्यक्ष दलविर सिंह तीनदिने भ्रमणका लागि काठमाडौं आएका छन् । सिहंले आजै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गरेका छन््।
यसअघि उनले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गरेका थिए भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले सम्मान गारत अर्पण गरको थियो।
सिंहले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र सैनिक श्रीमती सङ्घद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
कात्तिक २७ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। साथै सिंहले नेपाली र भारतीय सेनाबीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास ‘सूर्य किरण’ को निरिक्षण भ्रमण गर्ने कार्यक्रम छ।
सिंह कात्तिक २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।