व्यवस्थापिका संसद बैठक भोलि बस्ने

भक्तपुर न्यूज

२५ कार्तिक २०७३ ४:५१

व्यवस्थापिका संसद बैठक भोलि बस्ने

काठमाडौं, २५ कार्तिक । आजका लागि डाकिएको संसद बैठक स्थगित भएको छ । किराँत समुदायको फाल्गुनानन्द जयन्ती पर्व परेकाले किराती समुदायका साँसदहरुको आग्रहमा आज स्थगित गरी भोलि ११ बजे बस्ने गरि बोलाईएको संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिनुभयो ।
भोलिको बैठकमा निलम्बित अख्तियार प्रमुख लोक मानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको छ ।
महाअभियोग प्रस्तावमाथि बोल्न चाहाने साँसदको संख्या धेरै भएकाले अझै केहि दिन छलफल लम्बिन सक्ने सहप्रवक्ता कुइकेलले जानकारी दिनुभयो ।
भोलिको बैठकमा बोल्न ३८ जना साँसदले आफ्नो नाम टिपाएको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *