पोखराको हङकङ बजारमा आगलागी
पोखरा, २५ कार्तिक । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा हिजो राती आगोलागी भएको छ । उक्त आगलागीबाट करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ ।
राती १० बजेतिर भएको आगोलागीका कारण हङकङ बजारको पूर्व तर्फका २३ वटा सटरमा आगोलागीले क्षती पु¥याएको प्रहरीले जानकारी दिएको छ ।
करिब साढे ३ घण्टा पछि राती साढे १ बजेमात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए । नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीबासिन्दा र दमकल प्रयोग गरि आगो नियन्त्रणमा आएको थियो ।
आगोलागीबाट कति क्षती भयो भन्ने पुर्ण विवरण आइ नसकेको प्रहरीले बताएको छ । लत्ताकपडा, जुत्ता, खाद्य, कस्मेटीक लगायतका पसलमा आगोलागी भएको प्रहरीले जानकारी दिएको छ । आगोलागी विद्युत सट भएर लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७