चेल्सी शीर्ष स्थानमा उक्लियो
एजेन्सी, २१ कार्तिक । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा झरेको छ । लिग अन्तर्गत गएराति घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटी मिडल्सबर्गसँग एक एक गोलको बराबरीमा रोकिएपछि लिगको दोस्रो स्थानमा झरेको हो ।
सिटीका लागि पहिलो हाफको अन्तिम समयमा सर्जियो अग्युरोले गोल गरेर अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा मिडल्सबर्गका मार्टिन डि रुनले बराबरी गोल गरेर खेल बराबर बनाए ।
सिटीको ११ खेलबाट २४ अंक छ । एभर्टनलाई पाँच शुन्यले हराएको चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । उसको लिगमा २५ अंक छ ।
राति भएका अरु खेलमा सन्डरल्याण्डले बोर्नमाउथलाई दुई एक तथा बर्नलीले क्रिष्टिल प्यालेसलाई तीन दुईले हराएका छन । यस्तै वेष्ट ह्याम र स्टोक सिटीले एक एक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९