टेनिस खेलाडी एण्डी मुर्रे विश्व बरियताको शीर्ष स्थानमा
एजेन्सी, २१ कार्तिक । बेलायती टेनिस खेलाडी एण्डी मुर्रे विश्व बरियताको शीर्ष स्थानमा उक्लिएका छन् । पेरिस मास्टर कप टेनिस अन्तर्गत मिलोस राओनिक मुर्रेसँगको सेमिफाइनलमा नखेलेपछि मुर्रे विश्व बरियताको शीर्ष स्थानमा पुगेका हुन् ।
नोभाक जोकोविच क्वाटरफाइनलमा मारिन सिलिकसँग पराजित भएपछि मुर्रेलाई विश्व नम्बर एक बन्न एक जित आवश्यक थियो ।
राओनिकले चोटका कारण नखेलेपछि मुर्रे खेल नखेलि फाइनलमा पुग्नुका साथै नम्बर एक बनेका हुन । मुर्रेले पेरिस मास्टर्स कपको उपाधिका लागि जोन इस्नरसँग खेल्ने छन् ।
सेमिफाइनलमा राओनिक खेलेर मुर्रेलाई हराएको भए जोकोविच विश्व नम्बर एकमा कायम रहने सम्भावना थियो । योसँगै मुर्रे सन् १९७३ पछि विश्व नम्बर एक बरियतामा पुग्ने पहिलो बेलायती खेलाडी पनि बनेका छन । मुर्रेले यही वर्ष विम्बल्डनको उपाधि र ओलम्पिकमा स्वर्ण पदक पनि जितेका थिए ।