टेलिफोनमा खराबी आउँदा सेवाग्रही मर्कामा
जाजरकोट, २७ असोज । रुकुमको घेत्मा गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजाराँै सेवाग्राही मर्कामा परेका छन् ।
जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, डाँडागाउँ र सक्ला तथा रुकुमको आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा लगायतका गाविसका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् ।
एक हप्ताअघि देखि टावरमा समस्या आए पनि मर्मततर्फ ध्यान नदिइएको पञ्च भयार मावि खगेनकोटका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । फोनमा आएको खराबीका कारण दसँैमा यहाँका स्थानीयवासीले घरदेखि टाढा रहेका आफन्तसँग खबर आदानप्रदान गर्न नपाउँदा बेखबर भएको आठविसकोटका तिलक वटालाले बताउनुभयो ।
नेपाल टेलिकम जाजरकोटसँग सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण यसबारेमा जानकारी पाउन सकिएन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ७:४१
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
२७ जेठ २०८२ ८:५४