काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु
रसुवा, १८ भदौ । आजदेखि कठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ । काठमाडौँ–करुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बससेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक÷एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमर रिजालले बताउनुभयो ।
पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभागमा सञ्चालन केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी दिनमा क्रमसः बस थपिदै लैजाने योजना रहेको छ ।
रसुवागढी केरुङ नाका र यहाँ सञ्चालित विभिन्न आयोजनामा मानव चाप वृद्धि हुँदै गएका बेला थप बस सेवा सञ्चालनले यात्रामा सुविधा पुगेको समितिले जनाएको छ ।
समितिका अनुसार यहाँ सञ्चालित डिलक्स बसमा सिट क्षमताभन्दा बढी यात्रु राखिने छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१