काठमाडौं । बढ्दो वायु प्रदुषण, धुवा,धुलो, धुम्रपानको नियमित प्रयोगका कारणले गर्दा श्वासप्रश्वास सम्बन्धी हुने दीर्घ रोग नै दम हो । यो रोग विभिन्न उमेर समुहका व्यक्तिहरुमा विभिन्न किसिमका हुने गर्छ । सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, घ्यारघ्यार हुनु, छाती दुख्नु, छाती कस्सिएको अनुभव हुनु नै दम हो ।
दमका कारण स्वासनली खुम्चिने, मांसपेसीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धुवाँधूलो , धुम्रपान जस्ता कारणहरु दमका कारक तत्व हुन् ।
दमबाट बच्ने यस्ता छन् उपायहरु:
– धुम्रपान र धूलो, धुवाबाट बच्ने ।
-प्राप्त मात्रामा पानी पिउने ।
-चिकित्सको सल्लाह बमोजिम औंषधीको सेवन गर्ने ।
– बाहिर निस्कने समयमा अनिवार्य रुपमा मास्क लगाउने ।
– दैनिक रुपमा व्यायाम गर्ने ।
– तनाव मुक्त हुने ।
– एलर्जी हुने वस्तुहरुबाट टाढा रहने ।
– प्रदुषित हावाबाट बच्ने ।
प्रकाशित मितिः २०७७ फागुन १४ शुक्रबार
Comments