काठमाडौं । वैवाहिक जीवनको आधार प्रेम, माया, समय र तपाईंको प्रयासमा टिकेको हुन्छ । प्रेमको बाटो सधैं खुशीले भरिएको हुँदैन ।खुशीयाली बनाउनका लागि तपाईंले लगातार प्रयास गरिरहनु पर्छ । यसका लागि हाम्रो स–साना बानीले ठूल्ठूला काम गर्न सक्छ ।
यदि तपाईंको बानी राम्रो छ भने तपाईंले आफ्नो जीवन साथीको नजिक आउने मात्र होइन, तपाईंको जोडी पनि बलियो हुन्छ ।आज हामी चार त्यस्ता बानीहरुको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको विवाहित जिन्दगी खुशी र सुखी बनाउन सहयोग पुऱ्याउँछ ।
पहिलो बानी: संवाद
तपाईंको विवाह लामो समयसम्म टिकिरहनका लागि संवादले ठूलो भूमिका खेल्छ । तपाईंहरु दुवैले सबै कुरा एक–अर्कासंग शेयर गर्नु आवश्यक छ । अफिस, घर आदिका कुराहरु शेयर गर्नाले एक–अर्कामा प्रेम झन् बढ्छ । यसबाहेक तपाईंहरु दुवैले आफ्नो परिवार र साथिभाईको बारेमा कुरा गर्न सक्नु हुन्छ । उनीहरुको जीवनको रोचक कुराहरु शेयर गर्न सक्नु हुन्छ ।
आफ्नो जीवनको राम्रो र नराम्रो क्षणहरु, आफ्नो सघर्ष र सफलताको कुरा गर्न सक्नु हुन्छ । जब दुबैले आपसमा राम्रा कुराहरु गर्छन्, तब उनीहरुको सम्वाद राम्रो भयो भने उनीहरुले तनाव कम भएको महसूस गर्छन् । उनीहरुको एक–अर्कामा भरोसा बढ्छ । जसका कारण उनीहरु स्वस्थ र खुशी रहन्छन् ।
दोस्रो बानी : अन्तरंगताको महत्व
आफ्नो साथीसंग शारीरिक र मानसिक दुवै रुपमा अन्तरंगता बढाउनु पर्छ । तपाईंको साथीलाई के कुरामा ढुक्क हुनुपर्छ भने उ तपाईंको साथमा सुरक्षित छ । त्यसपछि मात्र सले तपाईसंग मनको सबै कुरा भन्न सक्छ । त्यसपछि मात्र तपाईंहरु दुबैले एकअर्काको शारीरिक आवश्यकतालाई राम्रोसंग बुझ्न सक्नु हुन्छ ।
जब तपाईंको सम्बन्धमा यौनको मात्रा समुचित हुन्छ, तब तपाईंहरुको सम्बन्ध झन् धेरै बलियो हुन्छ । यौनका बारेमा पनि दुबैले खुलेर कुरा गर्नु पर्छ । यसो गर्दा तपाईंहरु एक–अर्काको इच्छा र चाहनालाई बुझ्न सक्नु हुन्छ । यसो गर्दा अन्तरंग सम्बन्धमा सन्तुष्टिको महसूस हुन्छ ।
तेस्रो बानी : राम्रो स्रोता बन्नु होस्
तपाईंले आफ्ना कुराहरु जसरी अफ्ट्यारो नमानी आफ्ना पार्टनरलाई सुनाउनु हुन्छ, त्यत्तिकै उत्सुकता पार्टनरको कुरा सुन्नमा पनि देखाउनु पर्छ । यदि तपाईंले त्यसो गर्नु भएन भने एउटा समय त्यस्तो पनि आउँछ, जब तपाईंहरुको संवाद नै वन वे हुनपुग्छ, जसले अन्त्यमा गएर तपाईंहरुबीचको सम्बन्धलाई नै निरश बनाउँछ ।
पार्टनरको कुराहरु ध्यान दिएर सुनेर तपाईंले उनका आवश्यकताहरुलाई सही तरिकाले बुझ्न सक्नु हुन्छ । उनका कुरालाई केवल सुन्नका लागि मात्र नसुन्नु होला, त्यसमा विचार अथवा अमल पनि गर्नु होला । ताकि उनलाई आफ्नो महत्वको बारेमा थाहा होस् ।यो तरिका अपनाएर तपाईंले आफ्नो सम्बन्धलाई सुखद बनाउन सक्नु हुनेछ ।
चौथो बानी : एक–अर्काप्रति कृतज्ञ रहनु पर्छ
कुनै पनि सम्बन्धमा यदि हामीले सम्मान तथा प्रशंसा पाएनौं भने हामी बिस्तारै–बिस्तारै उक्त सम्बन्धबाट पछाडि हट्दै जान्छौं । यो कुरा वैवाहिक सम्बन्धमा पनि लागू हुन्छ । पार्टनरप्रति कृतज्ञता व्यक्त गर्नु निकै आवश्यक छ । उनको राम्रो कुरालाई वेवास्ता नगर्नु होस् ।
उनी तपाईंकी जीवनसाथी हुनु भन्दा अघि एक मानव पनि हुन् र हरेक व्यक्ति आफ्ना मान्छेद्वारा गरिएको राम्रो कामप्रति प्रशंसा चाहन्छन् । यदि तपाईं नियमित तरिकाले पार्टनरको प्रशंसा गरिरहनु हुन्छ भने के कुरामा ढुक्क हुनुहोस् भने तपाईंको सम्बन्ध मजबूत हुनेछ । यही कुरा तपाईंको पार्टनरमा पनि लागू हुन्छ ।
प्रकाशित मितिः २०७७ फागुन १० सोमबार
Comments