काठमाडौँ । हाम्रो शरीरको सब भन्दा धेरै प्रयोग हुने अंग हात हो । हाम्रो हातको धेरै प्रयोग हुँदा छिट्टै फोहोर हुन्छ । हामीले हाम्रो शरीरको हरेक अंगहरुलाई ध्यान दिएर स्याहार गर्न जरुरी छ । त्यस्तै, हाम्रो शरिरमा केही अंगहरु निकै संवेदनशिल पनि हुने गर्छन् । धेरै जस्ता व्यक्तिले आफ्नो नाक, कान, आँखा जस्ता अंगलाई पटक पटक त्यहि फोहोर हातले चलाइ रहने गर्छन् ।
यसरी फोहोर हातले हाम्रो शरीरको संवेदनशिल अंगहरु छुने गर्दा ब्याक्टेरियाहरु हाम्रो छालामा टासेर शरीर भित्र गइ संक्रमणको खतरा धेरै रहेको हुन्छ । हाम्रो शरिरको सब भन्दा महत्वपूर्ण अंग भनेको हाम्रो आँखा हो । आँखाबाट हामी संसार देख्छौं । आँखामा धुलो, धुवा तथा बाहिरी बातावरणले गर्दा आँखा पोल्दा हामीले आँखालाई पटक पटक छुने तथा मिच्ने गर्दा हाम्रो आँखामा इन्फेक्सनको सम्भावना धेरै हुने गर्छ ।
हामीले यसरी आँखा मिच्ने बानी तुरुन्तै हटाएर आँखा पोल्ने गर्छ भने चिसो पानीले आँखा पखाल्ने गर्नु पर्छ । अनुहारलाई पनि हाम्रो शरीरको एक संवेदनशील अंग हो । हाम्रो अनुहार पनि बाहिरी वातावरणमा हुने गर्दा धुवा, धुलो तथा घामले यसलाई धेरै असर गरिरहेको हुन्छ । त्यसमाथि हामीले अझै पटक पटक अनुहारमा हाम्रो फोहोर हात तथा नङ लगाउने गर्दा छालामा विभिन्न संक्रमण भएर अनुहारमा विभिन्न दागहरु आउने गर्छ ।
त्यस्तै पटक पटक ओठलाई छुने गर्दा हाम्रो ओठ सुक्खा हुने वा ओठको रंग नै परिवर्तन समेत हुने गर्छ । यसरी पटक पटक ओठमा हात लगाउने बानीले गर्दा मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरु प्रवेश गरेर हाम्रो पेट सम्म पुग्ने खतरा हुन्छ । यसले हामीलाई विभिन्न रोगको सिकार समेत बनाउन सक्छ । यदि हामीमा यस्तो बानी छ भने तुरुन्तै हटाउनु पर्छ ।
काखी तल अर्थात् अन्डर आम्समा शरिरको अन्य भागमा भन्दा धेरै पसिना आउने गर्छ । पसिनाका साथ साथै उक्त ठाउँमा धेरै ब्याक्टेरियाहरु समेत उत्पन्न हुने गर्छ । त्यसकारण यो अंगलाई पटक पटक छुने गर्नु हुँदैन् ।
हामीले यसरी पटक पटक छुदा हातको माध्यम बाट अन्य अंगमा पनि ब्याक्टेरिया सर्ने डर हुन्छ । अझ येही हातले हामी आँखा, अनुहार तथा ओठमा हात लगाएउ भने हामीलाई नकारात्मक असर गर्छ । यस्ता बानी छ भने हटाउनुपर्छ ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments