काठमाडौं । आजकालको ब्यस्त समय, खराव जीवनशैलीका कारण हामीले हाम्रो दिनमा ब्यायाम तथा योग गर्न समय निकाल्न सकी रहेको हुदैनौ । साथै दिनभरी निकै काम गरेर थाकेका मानिसहरुलाई छिट्टै उठेर ब्यायाम गर्न अल्छि लाग्ने गर्छ ।
यसरी योग तथा ब्यायाम गर्न अल्छि लागेमा वा समय नपाएको खण्डमा दैनिक बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नु पर्छ । हरेक बिहान हिड्नु, कुद्नु, नाच्नु, ब्यायाम तथा योग गर्नु स्वास्थ्यको लागी निकै लाभदायक मानिन्छ । लामो श्वास फेर्दै फाल्नु पनि योगमा नै पर्ने गर्छ ।
श्वासप्रश्वास एक अनियन्त्रित र सरल प्रक्रिया हो जसमा हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन साथै यसले हामीलाई स्वास्थ बनाउन सक्छ । हरेक दिन बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्दा हाम्रो शरीरलाई विभिन्न फाइदाहरु हुने गर्छ ।
बिहानको ताजा र स्वच्छ हावाले हाम्रो शरीरमा प्रवेस गर्यो भने हाम्रो शरीरमा स्फुर्ति आउने गर्छ । श्वासको माध्यमबाट मात्र पनि हामिलाइ चाहिने सवै तत्व हामी प्राप्त गर्न सक्छौ । यसले हामीलाई दिर्घ आयु दिन पनि निकै मद्धत गरेको हुन्छ । व्यस्तताको कारण तनाव पनि धेरै बढ्छ ।
अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउने हुन्छ । गहिरो श्वासले हाम्रो शरिरमा अक्सिजनको प्रबाह बढाएर तनाब, चिन्ता, डर र डिप्रेसन घटाउनुका साथै हामीलाई तनाब मुक्त राख्ने गर्छ । गहिरो श्वास फेर्दा दिमागलाई शान्त बनाइ चिन्ताको मात्रा घटाएर शरिर तथा मनलाई आनन्द बनाउन मद्दत गर्दछ ।
यसबाट मानिसको शरिरबाट पैदा हुने ७० प्रतिशत भन्दा बढी शरिरको बिष तथा खराब तत्व निस्कासन गरिदिन्छ । गहिरो श्वास लिने तथा छोड्ने गर्नाले मुटु, पेट, लिभर, साना आन्द्रालाई सक्रिय परेर रक्तप्रबाह गरेर हाम्रो शरीरलाई स्वास्थ्य राख्ने गर्छ ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments