काठमाडौं । मनतातो पानी हरेक दिन विहान खाली पेटमा पिउने गर्नु भएको छ भने एकदमै राम्रो बानी रहेको छ तपाईको भन्न सकिन्छ तर छैन् भने पनि यस्तो बानी लगाउनु कति फाइदाकारी छ यो तपाईलाई जनाकारी दिने छौँ ।
दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुने मात्र नभई पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ भने पेट सफा हुन्छ । विहानको मनतातो पानीले तपाईको भोक नलाग्ने समस्यालाई समेत हटाउछ । यसकालागि तपाईले हरेक दिन विहान उठ्ने वित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।
बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट पनि टाढा रहन सकिन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ । यस्तैगरि रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ ।
अनि सुन्दरतामा ध्यान दिनेहरुले पनि विहान मनतातो पानी पिउने गर्दा धेरै राम्रो हुन्छ । किनकी छालामा चाउरीपना तथा दागधब्बा हटाउन हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ ।
फुर्तिलो बन्न र तन्दुरुस्त बन्न चाहानेहरुले त बिहान विहानै खाली पेटमा हल्का मनतातो पानी पिउनु जस्तो राम्रो उपाय अरु केही छैन् । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् जसको कारण शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।
निकै थकाइ लाग्ने समस्या भएकाहरुको लागि त रामवाण नै हो बिहान मनतातो पानी पिउने बानी । यसले गर्दा मांशपेशीलाई तन्दुरुस्त हुन्छ र थकान हुन पाउदैन् । बिहान उठ्नेवित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण समेत हुन दिदैन् ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments