काठमाडौं । गर्मी सौसममा हामीले जे–जति खाने कुरा खान्छौं, त्यहाँ केही चटपटे चटनी बिना केही नपुगे जस्तो सबैलाई लाग्छनै । दिउँसोको खाना होस् या रातिको खाना होस्, हामीले सलाद र चटनीलाई सामेल गरेकै हुन्छौं ।
किनभने गर्मी मौसममा सबै भन्दा धेरै काँक्रो, पुदिना, काँचो आँप र धनिया पाइन्छन् । यी चिज मध्ये सबैभन्दा बढी पुदिनाको चटनी सबैको नजरमा पर्छ ।
पुदिनाको अचार खाँदा जति मीठो हुन्छ, त्यतिनै स्वास्थ्यको लागि लाभदायी पनि मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ ।
अब यसरी बनाउनुहोस् पुदिनाको चटनी–
सामग्रीः
- एक कप पुदिनाको पात
- हरियो खुर्सानी (स्वादअनुसार)
- ३–४ चमच दही
- आधा चमच जीरा
- नुन (स्वादअनुसार)
बनाउने विधिः
सबै भन्दा पहिले पुदिनाको पातलाई सफा गरेर धुने । त्यसपछि माथि उल्लेखित सबै चिजलाई पुदिनाको पातसँग मिलाएर मिक्सरमा पिस्ने । यस चटनीमा हामीले दहीको प्रयोग नगरी काँचो आँप तथा केराको प्रयोग पनि गर्न सकिन्छ । यसरी सजिलै पुदिनाको चटपटे अचार (चटनी) तयार पार्न सकिन्छ ।
यस्ता छन् पुदिनाको अचारका फाइदाहरुः
यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ । पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार
Comments