काठमाडौं । व्यस्त जीवनशैली, काम तथा राति अबेला सम्म मोबाइल र ल्यापटपमा गेम होस् या च्याट गर्नाले मानिसहरूले निन्द्रा पूर्याउन पाएका हुदैनन् । राति काम गर्नेहरू दिउँसो निद्रा पूरा गर्छन् । कोहो भने चै छुट्टी भएको दिन दिनभरि सुतेर बिताउँछन् ।
धेरै जसोलाई निन्द्रा नपुगेर अल्छी तथा दिन भरि थकान महसुस हुन्छ । राम्रो निन्द्राले हाम्रो शरीरलाई आराम दिएर शरीरको विभिन्न अंगहरुलाई सक्रिय राख्न मद्दत गर्छ । हामीले समयमै सुत्ने गर्नुका साथै दैनिक रुपमा ७ देखि ८ घण्टा निदाउँन जरुरी छ ।
समयमा सुतेर निन्द्रा पुगाउँदा थकाइ मात्र कम नभई हाम्रो शरीरमा लाग्ने विभिन्न रोगहरुबाट पनि हामीले छुटकारा पाउन सक्छौं । निद्रा नलाग्ने कारणले गर्दा नै विभिन्न स्वास्थ्य समस्या, आँखामा कालो घेरा, छाला र पेट सम्बन्धि रोगहरु डिप्रेसन, डायबिटिज, र एंग्जाइटी समेत देखा पर्न थाल्छ ।
ब्यस्त जीवनशैली र खानपानमा ध्यान नदिने कारण मानिसहरुलाई निन्द्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । तर, हालै गरेको एक अनुसन्धान अनुसार, समयमा दिनदिनै आठ घन्टा सुतेर उठेपछि फेरी २० मिनेट मात्र थप सुत्दा पनि हामीले ताजा अनुभव गर्न सकिन्छ ।
सुतेर २० मिनेट ढिलो उठ्दा शरीरमा थकान हटेर स्वास्थ्यलाई पनि धेरै फाइदा पुग्छ। बिहानपख उठेर दुई घन्टा बढी सुत्दा हाम्रो दिमाग पहिले भन्दा दुई गुणा बढी चल्ने गर्छ । २० मिनेट बढी सुत्ने मानिसहरु पातला हुने गर्छन् किन भने बढी सुत्दा शरीरको क्यालोरी डढ्छ र शरीरको तौल बढ्न पाउँदैन ।
खाएको कुरा पच्नलाई गार्हो नहुदा हामीले धेरै क्यलारी भएको खानाको सेवन पनि गर्न सक्छौं । यसरी २० मिनेट मात्र बढी सुत्ने गर्दा शरीरलाई मह, चिनी, फल र मासु जस्ता ढिला पच्ने खानेकुराहरुलाई छिट्टै पचाउन सहयोग पुग्ने गर्छ ।
धेरै समय सुत्दा शरीरमा भएको कार्बोहाइड्रेटको मात्रा घट्छ र शरीरका कोशिकाहरू सक्रिय भएर बढी काम गर्न थाल्छन् । नियमित समयभन्दा २० मिनेट मात्र बढी सुत्ने गर्दा ठूलालाई मात्र नभएर बच्चाहरूलाई समेत फाइदा पुग्ने गर्छ । उनीहरुको दिमाग तेज हुन जान्छ ।
त्यसैले दैनिक २० मिनेट बढी सुतेर आफ्नो जीवन शैलीमा र खानपानमा ध्यान दिएर, नियमित ब्यायाम गरेर, धुम्रपान, मदिरापान र सूर्तीजन्य पदार्थलाई त्यागेर, मोबाइलको प्रयोग कम गरेमा हामीलाई अनिन्द्राको समस्याबाट छुटकारा पाउन सजिलो हुन्छ ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
Comments