काठमाडौं । आजकल फेसनका लागि चाहे केटा अनी केटी जसले पनि जिन्सको पाइन्ट लगाउने चलन छ । अनी राम्रो देखिनलाई पुरै कसिलो पाइन्ट लगाउने चलन बढ्दै गएको छ । राम्रो देखिन होस्, दुब्लो देखिन वा शरीरलाई आकर्षक देखाउनका लागि होस् हामीहरु आजकल टाइट जिन्स पाइन्ट लगाउने गर्छौं । हाम्रो साइजको नहुदा पनि हामी जबरजस्ती यसलाई अटाएर लगाउने प्रयास गर्छौं ।
हामीले आफ्नो शरीर भन्दा सानो साइजका लुगा कहिल्यै पनि लगाउनु हुँदैन । यस्तो लुगा लगाउँदा हाम्रो शरीरलाई हानि पुग्न सक्छ । फेसनका लागि लगाउने हो भने त यस्तो टाइट जीन्स राम्रै देखिएला तर, यस्तो लुगाको प्रयोग गर्नाले तुरुन्तै असर नदेखाए पनि दीर्घकालीन असर गर्ने हुन्छ ।
हामीले हामी जस्तो भएपनि आफ्नो शरीरलाई माया गर्नुपर्छ । लुगाले एकछिनको लागि हामीलाई राम्रो देखाउला तर, हामीले भित्रि रुपबाट राम्रो हुनुपर्छ । चिपिक्क टाँसिएका जीन्सले सौन्दर्य बढाउनु पर्नेमा ठाउंमा शरीरको आकार नै बद्ली दिन्छ । यस्तो हुन थालेमा हामी तत्काल सचेत हुनु पर्छ ।
यस्तो टाइट जीन्स लगाउँदा पेटको बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । यसले रगत जम्मा हुनुका साथै, आन्तरिक रक्तश्राव गराउँछ र मासु फुलाउनु का साथै हामीलाई हिँडडुल गर्नै पनि अप्ठ्यारो गराइ दिन्छ । धेरै टाइट जिन्स लगाउदा लुगा संग तिग्रा रगदिएर घाउ समेत हुने गर्छ ।
धेरै टाइट जीन्स लगाउने गर्दा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक सम्म हुन सक्छन् । टाइट जीन्सले नसाको समस्या उत्पन्न गराउन सक्छ । त्यसैले पाइन्ट किन्दा खुट्टा अनि तिघ्रा चलाउन कत्तिको सजिलो हुन्छ सबै विचार पुर्याएर मात्र किन्ने गर्नु पर्छ ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
Comments