काठमाडौँ। कुनै महत्वपूर्ण दिन होस् या विवाहको समयमा होस् महिलाहरु जहिले आफुलाई सुन्दर देख्न चाहनछिन् । महिलाहरु सुन्दर बन्नका लागि धेरै पैसा खर्च गरेर पार्लर धाउने गर्छन् । पार्लरले सुन्दर बनाउनुका साथै विभिन्न रोगको लक्षण पनि निम्त्याउन सक्छ ।
साथै मेकअपको राम्रो ज्ञान र यसलाई सहि तरिकाले प्रयोग गर्न नआउदा आफ्नो शरीरलाई समेत हानी पुग्न सक्छ । साथै दैनिक मेकअपको प्रयोगले हामीले आफुलाई आफै बुढो बनउने गर्छौं । अनुहारलाई सुन्दर बनाउने चक्करमा झन्डै भयानक बन्नुका साथै छालामा विभिन्न रोगहरु देखा पर्न थाल्छ ।
मेकअप गरेर सुन्दर देखिनु भन्दा पनि हामीले सुरुमा भित्रि रुपबाट आफ्नो छाला र शरीरलाई स्वास्थ्य राख्नु पर्छ । हामीले प्रसस्त मात्रामा पानी पिएर, छिट्टै समयमा निन्द्रा पुग्ने गरि सुतेर, सन्तुलित भोजन खाने गर्नाले हाम्रो शरीर स्वास्थ्य हुनुका साथै छालामा चमक आउने गर्छ ।
हामीले नियमित रुपमा सफा पानीले कम्तिमा ३ देखि चार पटक अनुहार धुने गर्नु पर्छ । यसो गर्दा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन । साथै दैनिक रुपमा टोनर र अनुहार गर्दन र हात खुट्टामा पनि मस्चराइजरको प्रयोगले गर्नाले हाम्रो छालामा भएको त्वचाको चिल्लोपन हटाएर चाउरीपन घटाउन मद्दत गर्छ ।
घरबाट बाहिर जाँदा घामबाट बच्नका लागि हामीले सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यसले हाम्रो अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउन मद्दत गर्छ । यदि कुनै महत्वपुर्ण दिनको लागि मेकअप गर्ना जरुरि देखे आफै हल्का गर्नु पर्छ ।
हामीले आफ्नो छाला र अनुहारलाई सुट हुने राम्रो गुणस्तरको क्रिम, फाउन्डेसन, लिपिस्टिक, पाउडर, आइ स्याडो, ब्लस र हेयर इसटाइल छान्नु पर्छ । यसले हामीलाई अझ सुन्दर बनाउन मद्दत गर्छ । फाउन्डेसनलाई राम्रो संग अनुहारमा फिनिसिंग ल्याउनका लागि ब्लेनडर नत्र मेकअप ब्रसको प्रयोग गर्नु पर्छ ।
यदि अनुहारमा डार्क सर्कल वा कालो दागहरु छ भने कन्सिलरको प्रयोगले छोप्न सकिन्छ । सबैको ठिक्क मात्रामा प्रयोग गर्नु पर्छ नत्र राम्री नभएर हामी अवश्य पनि भयानक देखिन सक्छौं । आँखाको आकार अनुसार गाजल लगाउने गर्दा आँखा ठुलो र आकर्षक देखिने गर्छ ।
आफुलाई मनपर्ने ब्लस को प्रयोग गर्नु होस्, तर कम मात्रा मा । लिपिस्टिक लगाउनु अधि लिप लाइनरको प्रयोगले ओठलाई सुन्दर र आकर्षक बनाउन सकिन्छ । मेकअप गरिसकेपछि सेटिङ्ग स्प्रेको पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको मेकअपलाई फैलिन नदिकन अनुहारलाई पर्फेक्ट बनाउछ ।
सुन्दर तथा आकर्षक देखिनका लागि मेकअपको साथ साथै राम्रो र सुहाउँदो ड्रेसको आवश्यक हुन्छ । राति सुत्नु अघि जहिले पनि मेकअप हटाएर मात्र सुत्नु पर्छ । अन्यथा मेकअपमा रहेका केमिकल्सले अनुहारलाई हानी गर्न सक्छन् ।
एजेन्सी प्रकाशित मितिः २०७६ असार ८ आइतबार
Comments