भक्तपुर । जाडोलाई भगाउन अथवा न्यानो रहनका लागि खानेकुरामा ध्यान दिइयो भने पक्कैपनि रुघाखोकि तथा अन्य रोगहरुले छिट्टै आक्रमण गर्दैन ।
चिसोमा केटाकेटी तथा बुढाबुढीको रोगप्रतिरोधक क्षमता बलियो नहुने भएकोले उनिहरुलाई बढि मात्रामा हेरचाह गर्नुपर्छ । जसले गर्दा खानपिनमा ध्यान दिइएन भने आफुलाई पनि गारो हुन्छ ।
जाडोमा चिसो हुनबाट बच्नको लागि बढि मात्रामा भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तलाहरु बढि मात्रामा खानुपर्र्छ । त्यस्तै झोल कुराहरूमा चिकेन सुप, मसरुम सुप तथा लसुन, अदुवा र ज्वानोको मिक्स झोल युक्त खानेकुराले अत्याधिक फाइदा गर्दछ ।
त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिने भएकोले दिनहुँ एउटा अण्डा खानुपनि चिसोको लागि राम्रो हुन्छ । यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ। र अन्त्यमा अर्को छुटाउनै नहुने कुरा, पानी पिउन होस या नुहाँउन जे कामको लागि पनि तातो प्रयोग गर्नुभयो भने यो जाडो सजिलै जान्छ ।
प्रकाशित मितिः २०७५ पुष १४ शनिबार
Comments