भक्तपुर । अमलालाई अचार बनाउन धेरैले प्रयोग गर्छन् । यसलाई हामी फलको रुपमा पनि लिन सक्छौं । यसलाई आयुर्वेदमा विभिन्न रोगहरुको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ । हरेक दिन अमला खानु स्वास्थ्यको लागी निकै लाभदायक छ । यसको स्वाद पनि निकै मिठो हुने भएकाले मानिसहरु यसलाई खाना निकै रुचाउने गर्छन् । यदि तपाइलाई अमलाले पुर्याउने फाइदा बारेमा थाहा छैन भने निम्न कुराहरु पढ्नुहोस ।
१, अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
२, अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।
३, यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ ।
४, अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ ।
५, यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।
६, अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।
प्रकाशित मितिः २०७५ पुष ५ बिहिबार
Comments