भक्तपुर । गोलभेडालाई हामी विभिन्न तरकारीहरुसँग मिसाएर खाने गर्छौं । यसलाई हामी चट्नी बनाउन पनि प्रयोग गर्ने गर्छौं । सबैभन्दा बढी प्रयोग हुने तरकारीहरुमा गोलभेडा पनि पर्ने गर्छ । गोलभेडा स्वास्थ्य हिसाबले पनि निकै लाभदायक मानिन्छ । हामी दैनिक रुपमा यसको सेवन गरिरहेका हुन्छौं । तर पनि यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पुर्याउँछ भन्ने कुरा हामीलाई थाहा हुदैन ।
गोलभेडा खाँदा पुग्ने फाइदाहरु यस्ता छन् ?
१, मुटुरोग नियन्त्रण गर्छ । बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।
२, भिटामिन र खनिज पदार्थ प्रसस्त । गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी१, बी३, बी५, बी६, बी७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।
३, चुरोटखाँदा हुने असर कम गराउछ । गोलभेडा नियमित खाँदा त्यसमा पाइने काउमेरिक एसिड र क्लोरोजेनिक एसिडले चुरोटबाट आउने कार्सिनोजिन्स जसले क्यान्सर गराउन मद्धत गर्छ । त्यसको असर कम गर्छ ।
४, पाचनशक्ति बढाउछ । गोलभेडाको नियमीत सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।
५, पत्थरी हुनबाट जोगाउछ । नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।
६, कपाल राम्रो बनाउछ । गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।
७, छाला स्वस्थ्य राख्छ । गोलभेडाको जुस खाँदा छाला चम्कीलो हुन्छ । साथै छालाको कोषहरुलाई विग्रनबाट जोगाउछ ।
८, हड्डी बलियो हुन्छ । गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउन मद्धत गर्छ ।
९, रगत जम्नबाट जोगाउछ । रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रसस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।
१०, क्यान्सरको सम्भावना कम हुन्छ । हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउनेकाम गर्छ ।
प्रकाशित मितिः २०७५ पुष ४ बुधबार
Comments