भक्तपुर । आफ्नो अनुहार सधैँ सुन्दर देखियोस भन्ने चाहाना हरेक मानिसलाई हुन्छ । त्यसैले आफ्नो अनुहारलाई सुन्दर बनाउनको लागी मानिसहरु विभिन्न खालका मेकअपहरु गर्छन् । तर मानिसको अनुहारमा डण्डीफोरहरु आउने गर्छ । जसले उनीहरुको सुन्दरतामा ठुलो असर पर्छ । यसलाई हटाउन उनीहरु धेरै उपायहरु अपनाउने गर्छन तर पनि यसबाट छुटकारा पाइरहेका हुदैनन् । यदि हामीले राम्रोसंग बुद्धि पुर्याउने हो भने यसलाई सजिलैसंग घरेलु उपायहरुको माध्यमबाट हटाउन सक्छौं ।
डण्डीफोर हटाउने घरेलु उपायहरु यस्ता छन् ?
१, ओलिभ आयल , ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
२, आलु , आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।
३, भिटामिन , खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
४, गोलभेंडा , गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।
५, कागतीको रस , डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
६, खाने सोडा , फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।
प्रकाशित मितिः २०७५ पुष २ सोमबार
Comments