भक्तपुर ।हाम्रो शरीरको उचाई हाम्रो उमेर अनुसारको हुनुपर्छ । धेरै मानिसहरुमा उमेर अनुसारको उचाइ नहुने गर्छ । यसले गर्दा उनीहरु चिन्तित हुने गर्छन् । आफ्नो उचाइ कम भएको कसलाई पो राम्रो लाग्छ र रु उचाई बढाउन मानिसहरु धेरै उपायहरु अपनाउने गर्छन् । तर पनि उचाइ बढेको पाइदैन । उचाइ बढाउनको लागी हामीले धेरै कुराहरु ख्याल गर्नुपर्छ । हाम्रो शरीरको उचाइ निश्चित समयसम्म मात्र बढ्ने गर्छ । त्यस समयभित्र हामीले हाम्रो जीवनशैलीमा राम्रोसंग ध्यान दिन सक्यौं भने हाम्रो उचाइ बढ्ने गर्छ ।
उचाइ बढाउनको लागी ध्यान दिनुपर्ने कुराहरु यस्ता छन्
१, सन्तुलित खानपान ः हाम्रो शरीरको बिकासमा हाम्रो खानपानले ठुलो भूमिका खेल्छ । शरीरको बिकास राम्रोसंग हुनको लागी सन्तुलित खानाको आवश्यक हुन्छ । यदि हाम्रो शरीरमा कुनै पनि पौष्टिक तत्वको कमी भयो भने हाम्रो उचाइमा पनि असर पर्ने गर्छ । भिटामिन र प्रोटिनले हाम्रो ग्रोथ हर्मोनलाई मद्धत गर्छ । जसले उचाइ बढाउँछ ।
२, मस्त निदाउने ः एक अध्ययनले सुतेको समयमा बच्चाको उचाइ राम्ररी बढ्ने देखाएको छ । हाम्रो मन शान्त भएपछि हामीले गहिरो निन्द्रा लिन्छौ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले यो उमेरमा कम्तिमा ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।
३, दुध ः दुधमा क्याल्सियम र प्रोटिनको मात्रा बढी हुन्छ । जसले हाम्रो शरीरको हड्डीलाई बलियो बनाउन र बिकास गर्न मद्धत गर्छ । यसले गर्दा दुध खानु निकै जरुरी छ ।
४, घाम ताप्ने ः घामको किरणबाट हामीलाई भिटामिन(डी मिल्छ । बिहानको समयमा, जतिबेला घाम रापिलो भएको हुँदैन त्यसबेला पैदल हिँड्ने गर्नुपर्छ । यसले हड्डी बलियो हुन्छ र लम्बाई पनि बढ्छ । भिटामिन डीयुक्त दुध, माछा, अन्डा, पनिर पनि सेवन गर्नुपर्छ ।
५, कस्तो व्यायाम वा योगाले उचाई ः उचाई बढाउनका लागि व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ । उचाई बढाउनको लागि तिब्र गतिमा कुद्नु राम्रो विधी हो । प्राकृतिक रुपमा उचाई बढाउनका लागि योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।
प्रकाशित मितिः २०७५ कार्तिक ५ सोमबार
Comments