भक्तपुर । हृदयघातको समस्या अहिलेको समयमा धेरै मानिसहरुमा देखिने गर्छ । यस समस्याको कारण धेरै मानिसहरुको ज्यान पनि जाने गरेको छ । यो समस्याले जुन सुकै उमेर समुहको मानिसलाई सताउने गर्छ । उच्च रक्तचाप बहेका मानिसलाई यो समस्या हुने सम्भावना झन् बढी हुने गर्छ । मुटुमा आउने विभिन्न खालका समस्याले गर्दा मानिसलाई हृदयघात हुने गर्छ । हामीले हाम्रो मुटु स्वास्थ्य छ कि छैन भन्ने कुरा छुट्टाउन सक्नुपर्छ । हाम्रो मुटु स्वास्थ्य रहेको थाहा पाउन हामी विभिन्न खालका संकेतहरुको मद्धत लिन सक्छौं ।
मुटु स्वास्थ्य छ भने निम्न संकेतहरु देखिन्छन्
१, दिनभरको कामले पनि साँझमा थकान नलाग्ने । यदि तपाईलाई दिनभरी काम गर्दा पनि साँझमा थकाइको महसुस हुदैन भने बुज्नुहोस तपाईको मुटु स्वास्थ्य छ । यसले गर्दा तपाईलाई हृदयघात हुने सम्भावना कम हुन्छ ।
२, टाउको नदुख्ने । टाउको दुख्ने समस्या प्रायमा हुने गर्छ । तर यदि तपाईलाई सामान्य रुघाखोकीमा पनि टाउको दुखाइको महसुस हुदैन भने हृदयघातको सम्भावना कम हुन्छ ।
३, समन्य हिड्डुलमा सास फेर्न अप्ठ्यारो हुदैन । मुटु सम्बन्धि समस्या भएका मानिसहरुलाई सामान्य हिड्डुल पछि सास फेर्न पनि निकै गाह्रो हुने गर्छ । यदि तपाईमा यस्तो हुदैन भने तपाई स्वास्थ्य हुनुहुन्छ ।
४, नियन्त्रित रक्तचाप र कोलेस्ट्रोल । मुटुमा समस्या आउनुको प्रमुख कारण भनेको नै उच्च रक्तचाप र कोलेस्ट्रोल हो । त्यसैले यदि तपाईको रक्तचाप र कोलेस्ट्रोल सहि मात्रामा छ भने मुटुमा कुनै प्रकारको समस्या आउन पाउदैन ।
५, निन्द्रामा नियमित नघुर्ने । निन्द्रामा नियमित घुर्ने मानिसहरुलाई मुटु सम्बन्धि समस्या हुने गर्छ । यदि कोहि मानिस कहिलेकाँही घुर्छ भने त्यसलाई सामान्य मानिन्छ । यो अप्ठ्यारो गरी सुतेको समयमा हुन्छ ।
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments