व्यायाम गर्ने र नगर्ने शरीरमा देखिने ७ भिन्नता, के हुन्छ ?

0

काठमाडौं । शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् ।

व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम नगर्ने व्यक्तिलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।

मुटुको स्वास्थ्यमा सुधार

नियमित रूपमा व्यायाम गर्ने व्यक्तिको शरीरको हरेक अंगको गतिविधि राम्रो हुन्छ । यस्तोमा मुटुको गतिविधि राम्रो हुने भयो र मुटु स्वास्थ्यमा सुधार हुन्छ ।

नियमित व्यायाम गर्ने व्यक्तिको तौल नियन्त्रणमा हुन्छ । तौल नियन्त्रण हुँदा कोलेस्टेरोल, सुगर र प्रेसर बढ्ने सम्भावना हुँदैन । शारीरिक तौल, कोलेस्टेरोल, सुगर र प्रेसर नियन्त्रणमा भएपछि मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

नियमित व्यायाम नगर्ने व्यक्तिको तौल बढ्छ । तौल बढ्ने बित्तिकै विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । तौल बढेपछि कोलेस्टेरोल, प्रेसर र सुगर बढ्न जान्छ । प्रेसर, कोलेस्टेरोल र सुगर बढेपछि मुटुको रोग निम्तिने सम्भावना पनि बढ्छ ।

फोक्सोको क्षमता बढ्छ

दौड, पौडी जस्ता एरोबिक्स व्यायाम फोक्सोका लागि निकै फाइदाजनक हुन्छ । व्यायाम गर्दा हाम्रो शरीरलाई अक्सिजन बढी चाहिन्छ । जसका लागि हाम्रो फोक्सोले बढी काम गर्नुपर्छ, जसले गर्दा फोक्सोको क्षमता बढ्छ ।

फोक्सोमा हुने क्षतिको एउटा कारण शारीरिक निष्क्रियता हो । जो व्यक्तिहरू व्यायाम गर्दैनन् अर्थात् निष्क्रिय बस्छन् उनीहरूमा फोक्सोको समस्या निम्तिने समस्या बढी हुन्छ ।

कलेजोको समस्याबाट बचाउँछ

नियमित व्यायाम नगर्नुका साथै अस्वस्थकर खानपान शैलीले मोटोपनको समस्या आउँछ । यही मोटोपन तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर (कलेजोमा चिल्लो जम्ने)को समस्या देखिने गर्छ । जो व्यक्ति नियमित व्यायाम गर्छ, स्वास्थकर खानपान अपनाउँछ, उसमा मोटोपनको समस्या हुँदैन र फ्याटी लिभरको समस्या पनि कम हुन्छ । र, फ्याटी लिभरको समस्या देखिएको व्यक्तिले पनि दैनिक व्यायाम गर्न थालेमा शरीरको बोसो (मोटोपन) घटाउन सक्छन् ।

हड्डीलाई बलियो र मजबुत बनाउँछ

हड्डीलाई बलियो र मजबुत बनाउन पनि व्यायामको महत्त्वपूर्ण भूमिका हुन्छ । जति धेरै शारीरिक व्यायाम गर्‍यो, हड्डी उति नै चलायमान हुने र हड्डीलाई जोड्ने जोर्नीमा हुने घर्षण कम गराउने रसिलो पदार्थको उत्पादन पनि राम्रो हुन्छ । यसले समग्रमा हड्डी र जोर्नीलाई मजबुत प्रदान गर्छ ।

व्यायाम नगर्नेहरूमा हड्डीलाई जोड्ने तरल पदार्थको कमी हुन्छ भने हड्डी क्रमशः कमजोर हुन्छ । हड्डी कमजोर हुँदा सामान्य चोटले पनि हात-खुट्टा वा हड्डी भाँचिने हुन्छ ।

मिर्गौलाको समस्याबाट पनि बचाउँछ

नियमित रूपमा व्यायाम गर्दा शरीरको सबै अङ्गले राम्ररी काम गर्छन् । व्यायाम गर्दा मुटुको धड्कन पनि तीव्र गतिमा काम गर्छ । यसले मिर्गौलालाई स्वस्थ बनाउँछ र यसको काम छिटो बनाउँछ । यसबाहेक नियमित व्यायामले रगतमा रहेको बोसो, कोलेस्टेरोल र ट्राइग्लाइसेराइड्सलाई घटाउन मद्दत गर्छ, जसले मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ ।

व्यायाम नगर्ने व्यक्तिमा मोटोपन निम्तिने भएकाले प्रेसर र सुगरको समस्या पनि हुन जोखिम बढ्न जान्छ । प्रेसर र सुगर अनियन्त्रित हुँदा मिर्गौला खराब हुने सम्भावना समेत बढ्छ ।

तनाव कम गर्छ

नियमित व्यायामले मस्तिष्कको कार्यमा पनि सुधार गर्छ । व्यायाम गर्दा मस्तिष्क कोषिकाहरु अधिक उत्पादन हुन्छ । व्यायामको कारण प्राप्त हुने ऊर्जाको कारण ध्यान केन्द्रित गर्न मद्दत मिल्छ । नियमित व्यायाम गर्दा यसले तनाव र उदासीसँग लड्ने एन्डोर्फिन हर्मोन निष्कासन गर्छ ।

व्यायाम नगर्ने व्यक्तिको दिनचर्या राम्रो हुँदैन । जसले गर्दा निद्रा बिग्रन्छ । निद्रा बिग्रिने बित्तिकै शरीरमा हार्मोनको लेभल गडबडी हुन गई तनाव सिर्जना हुन्छ । लामो समय तनाव हुँदा शारीरिक समस्या निम्तिन्छ ।

वृद्धावस्थामा पनि सक्रिय राख्छ

नियमित व्यायाम गर्ने व्यक्ति शारीरिक र मानसिक रूपमा स्वस्थ हुन्छन् । उनीहरुमा केही रोग नहुँदा आयु पनि बढ्छ । व्यायामले हड्डी, मांसपेशी तथा जोर्नी बलियो तथा लचिलो राख्छ र ढल्किंदो उमेरमा पनि जवान देखिन्छन् ।

७० वर्षपछि बिर्सने रोग अल्जाइमर हुने सम्भावना २५ प्रतिशतलाई हुन्छ । तर व्यायाम गर्नेहरूमा यो रोग लाग्ने सम्भावना समेत कम हुन्छ । उमेर छँदै व्यायाम नगर्ने व्यक्तिहरूमा वृद्धावस्थामा जोर्नी कमजोर हुने दुख्ने, मधुमेह, प्रेसर लगायतका रोगको जोखिम बढ्ने हुन्छ ।

प्रकाशित मितिः २०८० चैत्र ०२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション