काठमाडौं । त्यसो त मोटोपन कुनै शारीरिक समस्या होइन । तर, मोटो हुँदा यसले अन्य रोग भने निम्त्याउन सक्छ ।
यसबाट बच्न बिहानका ती बानी त्याग्नुपर्ने हुन्छ जसले तपाईंलाई मोटोपनको शिकार बनाइरहेका छन् ।
बिहानको नास्ता नखानु
तपाईंले आफ्नो बिहान नास्ता नखाने बानी परिवर्तन गर्नुपर्छ । बिहानमा नास्ता खानुभएन भने भोजनको समयमा धेरै खाना खानुहुन्छ । यसले तपाईंको पाचन प्रणाली खराब हुन्छ र साथमा मोटोपनको शिकार पनि हुन सक्छ ।
धेरै सुत्नु
बिहान ढिलासम्म सुत्ने बानी पनि परिवर्तन गर्नुहोस् । तपाईंका लागि ६ देखि ८ घण्टाको निद्रा प्रर्याप्त हुन्छ । यो भन्दा अधिक समय सुत्नु पनि मोटोपनको शिकार हुनु हो ।
चिल्लो चीज खाने
बिहान बिहान धेरै तेल भएको चिज खाँदा पनि तपाईं मोटो हुन सक्नुहुन्छ । यसको ठाउँमा तपाईं फाइबर, फल, दलिया आदि खान सक्नुहुन्छ ।
कसरत नगर्नु
शरीरलाई स्वस्थ राख्न दैनिक बिहान कसरत गर्नुपर्दछ । कसरत गर्नुहुन्न भने तपाईं मोटोपनको शिकार बन्न सक्नुहुन्छ । साथमा यसले स्वास्थ्य सम्बन्धी अन्य समस्या पनि निम्त्याउँछ ।
पानी नपिउनु
बिहान उठेर सबैभन्दा पहिला मनतातो पानी पिउने सल्लाह दिइन्छ । तपाईं पानी पिउनुहुँदैन भने पेट राम्रोसँग सफा हुँदैन ।
प्रकाशित मितिः २०८० फागुन १३ आइतबार
Comments