परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

0

काठमाडौं । परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । कण्डम, पिल्स, डिपोप्रोभेरा (तीनमहिने सुई), इम्प्लान्ट, आईयूसीडी (कपरटी) आदि परिवार नियोजनका अस्थायी साधन हुन् ।

परिवार नियोजनको अस्थायी साधनका आ–आफ्नै फाइदा र बेफाइदा छन् ।

कण्डम

कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने सम्भावना हुन्छ ।

पिल्स

पिल्स चक्कीलाई दैनिक सेवन गर्नुपर्छ, छुट्टाउन मिल्दैन । यसको प्रमुख फाइदा भनेको गर्भधारणबाट बचाउने हो । साथै नियमित पिल्स खाएमा महिनावारी पनि नियमित हुन्छ ।

यदि महिलाले नियमित रूपमा पिल्स खाएमा ‘फेलिएर’ हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठीक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । यदि औषधि खान छुटाइयो भने महिनावारीपछि पनि रगत बग्ने समस्या हुन सक्छ ।

पिल्सको साइड इफेक्ट भनेको शरीरको वजन घटबढ हुने, चायाँ पोतो आउने हुनसक्छ । साथै सुरुमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन ।

डिपोप्रोभेरा

डिपोप्रोभेरा तीन-तीन महिनामा दिने इन्जेक्सन हो, त्यसैले यसलाई नेपालमा तीनमहिने सुई भनेर पनि चिनिन्छ । जसमा प्रोजेस्टोरन हार्मोन हुन्छ र त्यसले गर्भधारणलाई रोक्छ । यसको असफलताको दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने फेल हुने सम्भावना हुन्छ ।

यसको फाइदा भनेको बच्चा बस्न नदिने हो । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी गडबड हुने, महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ ।

इम्प्लान्ट

इम्प्लान्ट पाँच वर्षका लागि पाखुरामा राखिन्छ । यसमा पनि प्रोजेस्टोरन हार्मोन हुन्छ र त्यसले गर्भधारणलाई रोक्छ । यसमा प्रयोग हुने हार्मोन डिपोप्रोभेरा जस्तै भएकाले फाइदा बेफाइदा पनि उस्तै हुन्छ ।

पाँच वर्षपछि त्यसलाई निकाल्नुपर्छ । तर ८४ केजी भन्दा बढी तौल भएका महिलाले भने यसलाई चार वर्षमा नै निकाल्नुपर्छ । बढी तौल हुँदा पाँच वर्षसम्म यसको प्रभावकारिता कम हुनसक्छ ।

इम्प्लान्ट राख्न तालिमप्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए पनि यसले शारीरिक रूपमा कुनै पनि किसिमको असर गर्दैन ।

आईयूसीडी

आईयूसीडी एक पटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ । यो टी आकारको हुन्छ । यसमा हार्मोन प्रयोग हुँदैन । यसको प्रमुख काम पाठेघरमा बच्चा बस्न नदिने नै हो ।

हार्मोन नभएकाले यसको प्रयोगले तौल गडबड हुने, महिनावारी गडबड हुने जस्तो समस्या देखिंदैन । तर महिनावारीमा बढी रक्तस्राव हुने समस्या भने हुनसक्छ । सुरुमा तल्लो पेट दुख्ने समस्या पनि हुनसक्छ ।

पिल्स चक्की लामो समय प्रयोग गर्दा गर्भधारण नहुने समस्या हुन्छ ?

पिल्स चक्कीको प्रयोग लामो समय गर्दा, प्रयोग गर्न छाडेपछि पनि गर्भधारण नहुने समस्या हुन्छ भनेको सुनिन्छ । तर यो मिथ मात्र हो । यसको प्रयोग गर्न छाडेको केही महिनापछि छैन गर्भधारण हुन्छ ।

पिल्स मात्र होइन, परिवार नियोजनको अन्य अस्थायी साधन प्रयोग गर्दा पनि पछि बच्चा नबस्ने समस्या हुँदैन । विभिन्न अध्ययनले पनि परिवार नियोजनको अस्थायी साधन गर्न छाडेको लगभग एक वर्षमा गर्भमा बच्चा बस्छ भनेको छ ।

बन्ध्याकरण

तराई क्षेत्रमा बन्ध्याकरण गर्ने महिला धेरै हुन्छन् भने पहाडी क्षेत्रमा महिलाको तुलनामा पुरुष बढी हुन्छन् । तर समग्र नेपालमा बन्ध्याकरण गराउने पुरुषको तुलनामा महिला नै धेरै छन् ।

परिवार नियोजनको अस्थायी र स्थायी प्रयोगपछि असफल हुने सम्भावना हुँदैन, यसले शतप्रतिशत गर्भधारण रोक्छ भन्ने पनि हुँदैन । स्थायी उपाय अपनाउँदा पनि एक प्रतिशत फेल हुने सम्भावना हुन्छ । स्थायी उपाय अपनाउँदा पनि गर्भ बसेको शंका लागे तुरुन्त अस्पताल गएर चिकित्सकलाई भेट्नुपर्छ ।

महिलाहरूमा शल्यक्रियापछि खासै समस्या हुँदैन । तर पुरुषले भने शल्यक्रिया गरेको तीन महिनापछि वीर्य जाँच गर्न जानुपर्छ । शल्यक्रिया सफल भयो कि भएन भन्ने कुरा तीन महिनापछि मात्र पत्ता लाग्छ ।

पुरुषको भ्यासेक्टोमी गर्दा बीचको भाग मात्र काटिन्छ, यस्तोमा अगाडिको भागमा शुक्रकीट बाँकी रहन्छ । बीचमा काटेको हुँदा नयाँ शुक्रकीट आउँदैन । तर अगाडिको भागमा भएको शुक्रकीट निस्किएर बच्चा बस्नसक्छ । तीन महिना अस्थायी साधन प्रयोग गर्नुपर्छ । तीन महिनापछि वीर्य जाँच गरेपछि शुक्रकीट छैन भने मात्र त्यो शल्यक्रिया सफल भयो भनेर ढुक्क हुनुपर्छ ।

स्थायी परिवार नियोजनपछि यौन जीवनमा कुनै समस्या हुन्छ ?

स्थायी परिवार नियोजनपछि यौन जीवनमा समस्या आउँछ भनेको पनि सुनिन्छ । तर यो कुरामा सत्यता छैन । स्थायी बन्ध्याकरणपछि यौन जीवनमा समस्या हुन्छ भन्ने कुरालाई कुनै अध्ययनले प्रमाणित गरेको छैन । अपवाद हुन सक्ला तर खासै यस्तो समस्या देखा परेको पाइएको छैन ।

ध्यान दिनुपर्ने कुरा

औषधि पसलमा गएर आफूखुसी पिल्स किनेर खाँदा, तीनमहिने सुई लगाउँदा भने त्यसको फाइदा बेफाइदाको बारेमा थाहा हुँदैन । तर परिवार नियोजनको सल्लाह दिने स्वास्थ्य संस्थामा गएर सल्लाहअनुसार अस्थायी साधनको प्रयोग गरियो भने फाइदा वा यसको साइड इफेक्टहरुको बारेमा पनि थाहा हुन्छ । त्यसैले परिवार नियोजनको सल्लाह दिने स्वास्थ्य संस्थाबाट सल्लाह लिएर मात्र अस्थायी साधनको प्रयोग गर्नु राम्रो हुन्छ ।

परिवार नियोजनको विभिन्न उपाय अपनाइरहँदा पनि कण्डमको प्रयोग गरियो भने विभिन्न यौन रोगबाट पनि बच्न सकिन्छ ।

प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション