लेजर हेयर रिमुभल कति उपयोगी, कस्तो अवस्थामा गराउन मिल्दैन ?

0

काठमाडौं । अचेल महिलाले जस्तै पुरुषहरू पनि आफ्नो ग्रुमिङमा निकै ध्यान दिन थालेका छन् । आफ्नो शरीर सफा राख्नु र आफ्नो कपालको उचित हेरचाह गर्नु पुरुष ग्रुमिङको एक हिस्सा हो ।

स्लोभाकियाको त्रनाव युनिभर्सिटीले गरेको अनुसन्धानले यो पनि पत्ता लगाएको छ कि महिलालाई ती पुरुष मात्र आकर्षक लाग्छन् जसले आफ्नो ग्रुमिङमा ध्यान दिन्छन् ।

पहिले पुरुषको छातीमा रौं हुनु पुरुषार्थको प्रतीक झैं भनिन्थ्यो । तर छाती हातखुट्टा, अनुहार लगायत शरीरका धेरै भागमा रौं देखा पर्दा कहिलेकाहीं नराम्रो देखिन सक्छ । यस्तोमा पुरुषले आफ्नो छातीको रौंलाई कसरी हटाउन सक्छन् ?

पुरुषले छातीको रौं कसरी हटाउन सक्छन् ?

पुरुषले छातीको रौं हटाउन विभिन्न उपाय छन् । भ्याक्सिङ, थ्रेडिङ, सेभिङ गरेर अस्थायी रूपमा छातीको रौं हटाउन सक्छन् । अर्को इलेक्ट्रोलिसिस भन्ने प्रविधि पनि छ, जसले स्थायी रूपमा छातीको रौं हटाउन सकिन्छ । तर यो झन्झटिलो र पीडादायक हुने भएको पछिल्लो समय लेजर प्रविधिबाट रौं हटाउने प्रविधि लोकप्रिय छ ।

नेपालमा केही वर्ष अगाडिसम्म पनि छातीको रौं हटाउने चलन थिएन । २०६८ सालमा मैले नै यो प्रविधि भित्र्याउँदा बढीमा १० प्रतिशत पुरुषहरु मात्र छातीको रौं हटाउन आउने गर्थे । तर पछिल्लो समय त्यो संख्या बढेर ५० प्रतिशत पुगेको छ ।

स्थायी रूपले हटाउन सकिन्छ ?

‘लेजर हेयर रिमुभल’लाई वैज्ञानिक रूपमा ‘लेजर हेयर रिडक्सन’ भनिन्छ । किनभने यसले शतप्रतिशत रौंलाई स्थायी रूपमा हटाउन सक्दैन । यसले शरीरको ८० देखि ९० प्रतिशत रौंलाई हटाउँछ । यो प्रविधिबाट शरीरको सबै भागको अनावश्यक रौं हटाउन सकिन्छ ।

यसले कसरी काम गर्छ र कति खर्च लाग्छ ?

लेजर प्रविधिले कपाल हटाउन लेजर किरणहरू प्रयोग गरिन्छ । यो प्रक्रियाको क्रममा लेजर मेसिनबाट एक लेजर किरण उत्सर्जित हुन्छ, जुन कपालको पिग्मेन्ट (मेलानिन) द्वारा अवशोषित हुन्छ र रौंलाई नष्ट गर्छ । जब लेजर हेयर रिमुभलले कपालको फोलिकल्सलाई क्षति पुर्‍याउँछ र रौं हट्छ । यो प्रक्रिया सातदेखि नौ पटकसम्म दोहोर्‍याउनुपर्छ ।

लेजर हेयर रिमुभलको लागि आधुनिक वा पुरानो विधि प्रयोग भएको छ, विशेषज्ञले वा अन्य व्यक्तिले यो प्रक्रिया गरेका छन् भन्ने कुराले खर्च निर्धारण गर्छ । अन्तर्राष्ट्रिय प्रविधिको लेजर प्रयोग गरेर रौं हटाउँदा एउटा सेसनको करिब आठ हजार रुपैयाँ पर्छ ।

महिलाहरूले अनुहार वा हातखुट्टाको रौं हटाउन थ्रेडिङ, वाक्स लगायत विधि अपनाउने गर्छन् । यो चाहिं कति प्रभावकारी हो ?

थ्रेडिङ वाक्स गर्दा रौंको सतही भाग मात्र निस्कन्छ, त्यसको जरा निस्किएको हुँदैन । जसले गर्दा त्यो जराबाट फेरि नयाँ रौं पलाउँछ । तर लेजर हेयर रिमुभल गर्दा जरा नै मर्ने भएकोले यो फेरि नआउने हुन्छ ।

काखीको रौं पनि यो विधिबाट हटाउन सकिन्छ ?

लेजर हेयर रिमुभल प्रविधिबाट शरीरको प्राय: सबै ठाउँबाट रौं हटाउन सकिन्छ । काखीको रौं हटाउन थ्रेडिङ, वाक्स गर्दा केमिकल रियाक्सन र टर्माले गर्दा कालोपनाको समस्या हुन्छ । लेजर गरेर काखीको रौँ हटाउँदा कालोपन नहुने र दुर्गन्ध पनि कम हुने हुन्छ ।

साइड इफेक्ट केही हुन्छ कि ?

लेजर हेयर रिमुभलको लागि अहिले अत्याधुनिक मेसिनहरू उपलब्ध छन् । जसको खासै साइड इफेक्ट हुँदैन । तर विशेषज्ञको सल्लाह बिना गर्दा भने छाला डढ्ने समस्या हुन सक्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा के के छन् ?

लेजर हेयर रिमुभल गर्न चाहने व्यक्तिले घामको एलर्जीको औषधि सेवन गरिरहेका छन् भने यो गर्न मिल्दैन ।

कुनै महिलाको शरीर तथा अनुहारमा धेरै कपाल आउने समस्या छ भने पाठेघरको समस्या हुन सक्छ । यस्तो अवस्थामा लेजर गर्न त मिल्छ तर परिणाम राम्रो आउँदैन । त्यसैले पाठेघरको समस्या समाधान गरेर मात्र लेजर हेयर रिभुभल गर्दा फाइदाजनक हुन्छ ।

लेजर हेयर रिमुभल गर्नुका फाइदा के के हुन् ?

लेजर हेयर रिमुभल सरल र पीडारहित प्रक्रिया हो । बिना कुनै दुखाइ अनावश्यक रौं हटाउन यो प्रक्रिया उपयोगी हुन्छ । यो प्रक्रियामार्फत रौं हटाउँदा वरपरको छालामा कम क्षति हुन्छ । यो प्रक्रिया केही खर्चिलो भए पनि जीवनभर थ्रेडिङ र वाक्सको तुलनामा सुलभ नै हुन्छ । शरीरको अनावश्यक रौं हट्दा आत्मविश्वास पनि बढ्छ ।

प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション