शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु कति जरुरी छ ?

0

काठमाडौं । पछिल्लो समय विद्यालयमा पढ्ने विद्यार्थीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निकै देखिन्छ । यसले उनीहरुको सीप, ज्ञान आर्जन गर्ने क्षमतामा प्रभाव पर्छ । बेलाबखतमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम विद्यार्थीलाई लक्षित गरी राखिएको हुन्छ ।

तर त्यही बालबालिका पढाउने शिक्षकको मानसिक स्वास्थ्यबारे खासै चासो दिइँदैन । शिक्षक पनि आफ्नो घर-व्यवहार, करिअरजस्ता व्यक्तिगत समस्याले तनावग्रस्त भएका हुन सक्छन् । जसको असर उनीहरुको काममा देखिन सक्छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको पढाइ र सिकाइमा पर्न सक्छ ।

यस्तोमा के शिक्षकलाई मानिसक स्वास्थ्यबारे तालिम आवश्यक छैन ? शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु कति जरुरी छ ? कस्तो छ शिक्षकको मानिसक स्वास्थ्य अवस्था ?

शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु कति जरुरी छ ?

बालबालिका भविष्यको जग हो । शिक्षक बालबालिकाको भविष्यको सृष्टिकर्ता हुन् । त्यसैले सृष्टिकर्ता मानसिक रूपमा स्वस्थ भएन भने भविष्यको समाज समृद्ध हुँदैन। तसर्थ, बच्चा र शिक्षक दुवैको मानसिक स्वास्थ्यको ख्याल गर्नु धेरै महत्त्वपूर्ण छ ।

नेपालको सन्दर्भमा बालबालिका र विद्यार्थीलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम आउँछन् । तर शिक्षकलाई पनि केन्द्रित गराएर मानसिक स्वास्थ्यबारे चर्चा कम हुन्छन् ।

यता, अमेरिकामा केही समयअघि शिक्षकको मानसिक स्वास्थ्यबारे एउटा सर्वेक्षण भएको छ । जसअनुसार २७ प्रतिशत शिक्षक डिप्रेसनबाट ग्रसित थिए । अमेरिका जस्तो अब्बल देशमा त त्यति धेरै डिप्रेसन जस्ता मानसिक समस्याबाट शिक्षक गुज्रिरहेका छन् भने नेपालजस्तो देशमा झन् शिक्षकले पाउनुपर्ने आवश्यक सेवा-सुविधा समेत सरकारले दिन सकेको छैन । यसको उदारहण हालै मात्र भएको शिक्षक आन्दोलनलाई लिन सकिन्छ । आन्दोलनमा उपस्थित शिक्षकहरुमै अध्ययन हुने हो भने पनि ५० प्रतिशतमा डिप्रेसनजस्ता समस्या देखिन सक्छन् ।

यस्तोमा शिक्षकको मानसिक अवस्था नै ठीक छैन भने उनीहरुले दिएको शिक्षाबाट सानो कोपिलाजस्ता बालबालिकाले कसरी गुणस्तरीय शिक्षा लिन सक्छन् ? त्यसैले शिक्षकहरुको मानसिक स्वास्थ्यबारे बहस गर्नु अति जरुरी छ ।

शिक्षकहरुको आफ्नै समस्या हुन्छ । घरपरिवारको कुराले, आर्थिक कुराले वा विभिन्न कुराले पनि उनीहरुलाई तनावग्रस्त बनाइरहेको हुन्छ । यस्तो तनावको साइड–इफेक्ट कक्षाकोठामा पर्छ कि पर्दैन ?

शिक्षक आफैं तनावपूर्ण अवस्थामा छन् भने यसको साइड-इफेक्ट कक्षाकोठामा पूर्णरुपले परिरहेको हुन्छ । मानिसक रुपमा तनाव बोकेको व्यक्ति जसमा एन्जाइटी र डिप्रेसन भएको समेत अवस्था हुन सक्छ । तनावले उनीहरुमा निद्रा नपर्ने, झिंजो लाग्नेजस्ता लक्षण देखिन सक्छन् । जसको निद्रा रातभर नै परेको छैन, उसले कक्षाकोठामा कसरी पढाउन सक्छ ? त्यसमाथि डिप्रेसनमै गुज्रिरहेको शिक्षकमा रिस, आवेग, मनमा कुरा खेलिरहेको हुन सक्छ र कक्षाकोठामा तनावग्रस्त दिमाग लिएर गएको शिक्षकलाई एक त पढाउन मन नभइरहेको र पढाउनुपर्ने बाध्यता हुन्छ ।

अर्को, कक्षामा विद्यार्थीबाट हुने सानो भुलले पनि शिक्षकमा रिस उत्पन्न हुन सक्छ । नतिजा विद्यार्थीलाई गाली गर्ने, कुट्ने जस्ता गतिविधि हुन सक्छन् । बेलाबखतमा शिक्षकले कुटपिट गरेको घटनाको थुप्रै उदाहरण छन् । यसले शिक्षकको मात्र होइन, त्यहाँ पढ्ने विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्छ । त्यति मात्र होइन, शिक्षकले आवश्यक पर्ने जति पर्याप्त ज्ञान बाँड्न समेत नसक्ने अवस्थामा हुन सक्छन् यसको प्रभाव विद्यार्थीको पढाइमा पर्छ ।

शिक्षकहरुको मुडले बालबालिकामा कस्तो असर पर्छ ?

कतै जाँदा कोही व्यक्तिले मुस्कुराएर स्वागत गर्छ भने त्यहाँको माहोल नै छुट्टै हुन्छ । कक्षाकोठामा पनि उस्तै सिद्धान्त लागू हुन्छ । यदि शिक्षक हँसिलो, जोसिलो देखिएमा कक्षामा पट्यार मानेर बसेका विद्यार्थीमा पनि ऊर्जा, जाँगर आउँछ । उनीहरुले सजिलै पढाएको कुरा पनि ग्रहण गर्न सक्छन् । कक्षा सकिएको उनीहरुलाई महसुस हुँदैन ।

तर शिक्षकको दिमागमा अनेक तनाव चलिरहेको छ । जाँगर, ऊर्जा नै छैन र क्रोधित अनुहार लिएर आएका छन् । र, सधैं सोही ढंगले कक्षामा प्रस्तुत हुन्छन् भने विद्यार्थीलाई पढ्न मन नलाग्ने, ध्यान केन्द्रित गर्न कठिन हुने, नबुझेको कुरा सोध्न मन नलाग्ने हुन सक्छ । अझ कोही शिक्षक त घरव्यवहारको व्यक्तिगत तनावको रिस विद्यार्थीमा पोख्ने खालका हुन्छन् । यस्तोमा विद्यार्थी कक्षामा बस्न पनि त्रसित हुने गर्छन् । कक्षाको माहोल पनि नकारात्मक हुन्छ ।

सबै विद्यार्थीले आफ्ना शिक्षकलाई नै ज्ञानको भण्डार मान्छन् । बच्चाहरूले शिक्षकलाई आफ्नो रोल मोडल मानिरहेका हुन्छन् उनीहरु आफू पनि शिक्षक जस्तै हुने सपना देख्छन् । विद्यार्थीले शिक्षकको शिक्षालाई मात्र होइन व्यवहारलाई पनि अनुशरण गरिरहेका हुन्छन् । विद्यार्थीको भावनात्मक अवस्था र सिकाइ वातावरणमा प्रत्यक्ष प्रभाव शिक्षकको प्रस्तुतिमा पनि भर पर्छ ।

विद्यार्थीलाई गाली नगरे पनि, कुटपिट नगरे पनि शिक्षकले गर्ने कतिपय व्यवहारको प्रत्यक्ष असर त पर्छ नि ?

पहिला विद्यार्थीलाई तह लगाउन र अनुशासित हुन स-साना दण्ड दिनुपर्छ भन्ने हुन्थ्यो । गृहकार्य नगर्दा, कक्षाकोठामा हल्ला गर्दा, भनेको नमान्दा कुट्नेपिट्ने पनि हुन्थ्यो । तर अहिले विद्यार्थीलाई कुटपिट गर्न नहुने यसले बालबालिकामा थप नकारात्मक असर पर्छ भन्ने धारणा विकास भइरहेको छ । कक्षा बालमैत्री हुनुपर्छ भन्ने वोध धेरैजसो शिक्षकमा छ । तर पनि कक्षामा विद्यार्थीलाई उसले गरेको अतिरिक्त क्रियाकलापलाई लिएर प्रोत्साहन नगर्ने, प्रतिक्रिया नगर्ने, हतोत्साहित गर्ने जस्ता क्रियाकलापले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्न सक्छ । त्यति मात्र होइन, तनावग्रस्त शिक्षकले राम्रोसँग पढाउन नसक्दा विद्यार्थी पनि राम्रोसँग ज्ञान लिन सक्दैनन् ।

शिक्षक आफैंमा उदास छन् भने वा दुःखी छन् भने के त्यो कुरा उसले ढाकछोप गरेर विद्यार्थीलाई राम्ररी पठनपाठन गराउन सक्छन् ?

शिक्षक आफैं उदास, दुःखी छन् भने उनले यो कुरा ढाकछोप गर्न सक्दैनन् । उनीहरुले चाहेर पनि विद्यार्थीलाई राम्ररी पठनपाठन गराउन सक्दैनन् । शिक्षकले जति नै आफ्नो उदासीनता लुकाउन खोजे पनि उनको व्यवहारमा त्यो देखिन सक्छ ।

शिक्षकहरुमा खासगरी कस्तो मानसिक समस्या हुन सक्छ ?

शिक्षकहरुमा प्राय: देखिने मानिसक समस्या भनेको डिप्रेसन, एन्जाइटी र तनाव हो । कतिपय शिक्षकले त आफूलाई मानसिक समस्या भएको अनुभव नै गर्न सकेका हुँदैनन् । तर उनीहरुको व्यवहारमा भने मानसिक समस्याका लक्षण देखिंदै जान्छन् र समस्या हाबी भएमा व्यवहार नै परिवर्तन हुन सक्छ । जुन पछि वरपरको विद्यार्थी र सहकर्मीले पनि नोटिस गर्न सक्छन् ।

शिक्षकलाई कसरी मानसिक रुपमा स्वस्थ र भावनात्मक रुपमा बलियो बनाउने ?

उनीहरुलाई मानसिक रुपमा स्वस्थ र भावनात्मक रुपमा बलियो बनाउन स्कुल, कलेजले पाउनुपर्ने पारिश्रमिक दिने, बेलाबखतमा शिक्षकको समस्याबारे बुझ्ने, अनावश्यक प्रशासनले प्रेसर नदिने, राम्रो काम गरेको समयमा प्रोत्साहन दिने जस्ता कार्यले उनीहरुको तनाव कम हुन सक्छ ।

साथै, शिक्षकको लागि पनि स्कुलमा परामर्शदातासँगको छलफल कार्यक्रम बेलाबखतमा राख्न जरुरी छ, ताकि आफूमा भएको मानसिक तनावको बारेमा खुलेर चर्चा गर्न सकुन् ।

सरकारले पनि सबै पठनपाठन हुने ठाउँमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, आधुनिक शिक्षासम्बन्धी शिक्षकलाई तालिम दिनु आवश्यक छ । यसले शिक्षकहरुले आफ्नो पनि बौद्धिक क्षमता बढाउन सक्छन् र पढाउन लगाव पनि बढाउन सक्छ ।

प्रकाशित मितिः २०८० असोज १० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション