काठमाडौं, ६ असार । ब्रेन ट्युमरबाट ग्रसित एक बालकलाई कोरियाको इक्सान क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ बगाल्थोकका १० वर्षीय बालक सुसन लामिछानेलाई स्याङ्जा तथा अन्य जिल्लाबाट कोरियाको इक्सान क्षेत्रमा कार्यरत नेपालीबाट आर्थिक सङ्कलन गरिएको रु एक लाख १० हजार उपचारका लागि सहयोग गरिएको हो ।
विसं २०७१ भदौदेखि सुसनलाई ब्रेन ट्युमरको समस्या देखा परेको थियो । सुसनको उपचारका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिसकेको परिवारले जनाएको छ ।
ब्रेन ट्युमर भएका बालकलाई सहयोग
0
Share.
Comments