काठमाडौं । कोरोनाभाइरस महामारी फैलिएको लगभग दुई वर्षपछि विश्वले चाँडै संक्रमणलाई हराउन ओरल चक्कीको विकास गरेको छ । विश्वका दुई प्रमुख औषधि कम्पनीहरू यो चक्की बनाउन सफल भएका हुन ।
महामारीको संक्रमणलाई नियन्त्रण गर्न र खोप लगाउनबाट बन्चित देशहरुलाई यो चक्की सहज बनाउने अपेक्षा गरिएको छ । बेलायतको मेर्क एण्ड क।इन्कोले आफूले उत्पादन गरेको चक्की कोभिड १९ का लागि प्रयोग गर्नका लागि त्यहाको नियमन निकायले स्वीकृति दिएको बताएको छ ।
नोभेम्बर ५ मा फाइजरले पनि यस्तै चक्की बनाउने घोषणा गरेको छ । उक्त चक्की प्रयोगात्मक एन्टिभाइरल चक्की (ब्रान्ड नाम प्याक्सलोभिड) कोविड–१९ बाट गम्भीर रोगको जोखिममा रहेका युवाहरूको लागि अस्पतालमा भर्ना हुन वा मृत्यु हुने सम्भावनालाई ८९ प्रतिशतले घटाउने दावी गरेको छ ।
फाइजरको रिपोर्टका अनुसार मेर्कको मलनोपिराभिर चक्की धेरै प्रभावकारी मानिएको छ । कोरोना भाइरसबाट संक्रमित जसले अस्पताल भर्ना र मृत्युको जोखिमलाई ५० प्रतिशत कमी ल्याएको थियो । रोयटर्सको रिपोर्टका अनुसार फाइजरले नोभेम्बर २५ मा अमेरिकी खाद्य र औषधि प्रशासनलाई आफ्नो चक्कीको लागि अन्तरिम परीक्षण परिणामहरू पेश गर्ने अपेक्षा गरेको उल्लेख छ ।
मर्कको चक्की अमेरिका र युरोपमा अझै अनुसन्धानकै क्रममा रहेको छ । यद्यपि, बंगलादेश मर्कको एन्टिभाइरल चक्कीको सस्तो र जेनेरिक संस्करण बिक्री सुरु गर्ने पहिलो देश बनेको छ । बंगलादेशको स्थानीय बेक्सिमको फार्मास्युटिकल्सका अनुसार मर्कले त्यहाको सरकारहरूलाई करिब ६० लाख चक्की बेच्ने सम्झौता पनि गरिसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ३० मंगलबार
Comments