काठमाडौं । सिमकोट पछिल्लो समय बिरामीको आकर्षण बढ्दै गएको आर्युवेद चिकित्सा बिधि अन्तर्गतको पञ्चकर्म सेवा हुम्लामा निशुल्क गरिएको छ । बिरामीको चाप र मागलाई मध्यनजर राख्दै शाखाले सो सेवा नि:शुल्क गरेको जनाएको छ ।
सिमकोट गाउँपालिका–५ केसी रावतले यसअघि शुल्क तिर्नु परे पनि अहिले निशुल्क रुपमा उपचार पाएको बताइन् ।शाखाका निमित्त प्रमुख कविराज कृष्णचन्द्र जोशीले पहिले पञ्चकर्म सेवा बापत सेवाग्राहीबाट एक सय रुपैयाँ लिँदै आएकोमा तिहारपछि निशुल्क गरिएको बताए ।
न्यून आयश्रोत भएका बिरामीको मागलाई सम्बोधन गर्दै बिना शुल्क उपचार गर्न थालिएको उनले बताए । पञ्चकर्म सेवा लिन दैनिक २५ जनासम्म पुग्ने गरेका छन् ।
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments