काठमाडौं । कपिलवस्तुमा फैलिएको झाडापखाला महामारी प्रभावितहरुलाई दिन आज साढे दुई लाख डोज खोप नेपाल ल्याइँदैछ ।
झाडापखालाविरुद्धको खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई दिन २ लाख ५२ हजार ३६३ डोज खोप ल्याउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा उक्त खोप भारत हुँदै नेपाल ल्याइनेछ । कपिलवस्तुमा आगामी आइतबारदेखि सो खोप दिने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ ।
कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेदेखि फैलिएको झाडापखालाबाट हालसम्म १ हजार ३६४ जना प्रभावित भएका छन्, जसमध्ये १ हजार ३६२ जना निको भएको र २ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २८ आइतबार
Comments