काठमाडौं ।जाडोको मौसममा सखरखण्ड खानुको विशेष महत्त्व छ । यो खान स्वादिलो हुन्छ र स्वास्थ्यका लागि पनि लाभप्रद छ ।
सखरखण्डमा सबै पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण पाइन्छन् । यो खाँदा इम्युनिटी बढ्नुका साथै मुटु र आँखा स्वस्थ रहन्छ ।
यसका फाइदा यस्ता छन् ।
सखरखण्डमा भिटामिन ए र सी अत्यधिक मात्रामा पाइन्छ । यसले आँखाको तेज बढाउन सहायता गर्छ । आँखाका समस्या यसले हुन दिँदैन ।
सखरखण्डमा ग्लाइसेमिक इन्डेक्स कम हुनाले मधुमेहका रोगीले तनाव नलिइकन यसलाई खान मिल्छ ।
यसमा प्रचुर फाइबर हुनाले शरीरको कोलेस्ट्रोल घट्न सहायता गर्छ ।
यसमा पोटेसियम पाइन्छ । यसको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ । उच्च रक्तचाप भएका मानिस र मुटुरोगीले अवश्य सखरखण्ड खानुपर्छ ।
सखरखण्डमा आइरन पनि पाइन्छ । शरीरमा आइरनको कमीलाई यसले हटाउँछ । यसबाट रक्तकोषिकाको निर्माण राम्ररी हुन्छ । यसले रोगबाट बचाउँछ ।
फाइबर अत्यधिक हुनाले यसले पाचनतन्त्र पनि बलियो बनाउँछ । कब्जियतको समस्यामा मुक्ति दिन यसले सहायता गर्छ । पेटसम्बन्धी समस्या भएकाहरूले यसको अवश्य सेवन गर्नुपर्छ ।
सखरखण्डले इम्युनिटी बूस्ट गर्ने भएकाले थकान र कमजोरी हटाउँछ ।
एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १७ बुधबार
Comments