काठमाडौं । नराम्रो जीवनशैली, तनाव र अस्वस्थ्यकर भोजन मानिसहरुमा हृदयघातको एउटा आम समस्या बन्न थालेको छ । त्यसैले हामीले हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मध्येको एक मुटुलाई स्वस्थ राख्न अति आवश्यक छ ।
उचित व्यायामका साथै सन्तुलित आहारले पनि हाम्रो मुटुलाई स्वस्थ्य राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जुन मानिस नियमित रुपले स्वस्थ्य खाना सेवन गर्छन्, उनीहरुमा हृदय सम्बन्धि रोगको खतरा कम हुन्छ ।
मुटुको काम
मुटु हाम्रो परिसंचरण प्रणालीको बीचमा स्थित हुन्छ, जसले ढड्किँदै सम्पूर्ण शरीरमा रगत प्रवाह गर्छ । रगतले शरीरमा अक्सिजन र पोषक तत्व पुऱ्याउँछ र अवान्छित कार्बन डाइअक्साइड र अपशिष्ट पदार्थलाई बाहिर निकाल्छ । यदि मुटुलाई ध्यान दिइएन भने समस्या बढ्न सक्छ । स्वस्थ्य भोजनको माध्यमबाट मुटुलाई स्वस्थ्य राख्न सकिन्छ ।
फर्सी, चिया र आलस
फर्सी, चिया र आलस ओमेगा ३ का साथसाथै फाइबरले भरिपूर्ण हुन्छ । यी मुटुका लागि अति नै फाइदाजनक हुन्छन् । सबैभन्दा पहिला यी सबै कुरालाई भिन्दा-भिन्दै अथवा एक साथ भुट्नु पर्छ । यीनलाई हावा नछिर्ने बट्टामा भरेर राख्नु पर्छ । भोक लाग्दा यीनलाई स्न्यास्कको विकल्पमा एक मुठ्ठी खान सकिन्छ ।
नट्स
ड्राई फुडहू मुटुका लागि अति आवश्यक हुन्छ । हृदयलाई स्वस्थ्य राख्नका लागि भोजनमा ओखर र बदाम समावेश गर्नु पर्छ । यसले नराम्रो कोलेस्ट्रलको स्तरलाई कम गरेर हाम्रो मुटुलाई रोगबाट मुक्त राख्छ ।
बेसार, धनियाँ, जीरा र दालचीनी
मुटुलाई स्वस्थ्य राख्नका लागि बेसार, धनियाँ, जीरा, दालचीनी पनि फाइदाजनक हुन्छ । त्यसैले खाना बनाउँदा यी मसलाहरुको प्रयोग गर्नु पर्छ ।
लहसुन
लहसुनले शरीरमा ब्लड प्रेशर र कोलेस्ट्रललाई कम गर्न सहयोग गर्छ, जसले हृदयलाई स्वस्थ तरिकाले कार्य गर्न सहयोग गर्छ । खाली पेटमा काँचो लहसुन खानु अति नै फाइदाजनक हुन्छ । यसले हृदयलाई स्वस्थ्य राख्न सहयोग गर्छ ।
पालुंगो
हरियो सागपात पोषक तत्वले भरिपूर्ण हुन्छ र हाम्रो हृदयलाई स्वस्थ राख्न सहयोग गर्छ । पालुंगो म्याग्नेशियम र पोटाशियमको एउटा राम्रो स्रोत हो । यसले ब्लड प्रेशरलाई नियन्त्रण गर्न सहयोग गर्छ । यसले हृदय रोगको जोखिम कम हुन्छ ।
प्रकाशित मितिः २०७८ असोज ७ बिहिबार
Comments