काठमाडौं । औषधीय गुणले भरीपुर्ण पुदिना तपाई हाम्रै घर वरीपरी सजिलै पाइन्छ । पुदिनाको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा गर्छ । बहुउपयोगी पुदिना कहिलेकाही करेसाबारीमा त्यसै पनि उम्रिरहेको देख्छौ ।
तर पुदिना घर वरीपरी रोप्नु धेरै राम्रो हुन्छ । पुदिनाको पातमा विभिन्न रोग निको पार्ने क्षमता हुन्छ । यसको सेवनले खाना पचाउन सहयोग गर्ने देखी तौल घटाउने लगायतका विभिन्न उपयोगि कार्य गर्छ । यदि तपाईलाई थकान भइरहेको छ भने पनि यसको सेवनले आराम मिल्छ ।
पुदिनामा प्रशस्त भिटामिन सी हुन्छ । यसले हात, खुट्टा र जोर्नी दुख्ने समस्याबाट टाढा राख्छ । बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरेमा यस्तो समस्या ठिक हुन्छ । पुदिनाले मौसमी एलर्जीबाट पनि बचाँउछ । यदि टाउको दुखेको छ भने यसको पात पिसेर निधारमा लगाएमा ठिक हुन्छ । पुदिनाको प्रयोगले छालाको संक्रमण, दाग तथा डण्डीफोर पनि हट्छ ।
गिँजा सुन्निने समस्या छ भने दिनहुँ पुदिना चपाएर खाएमा यो सजिलै ठिक हुँदै जान्छ । स्मरणशक्ति कमजोर भएमा पनि यसको सेवन गर्नु राम्रो हुन्छ । बान्ताको समस्या पनि पुदिनाले समाधान गर्छ ।
पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता कम हुन्छ अर्थात बन्ता नै हुदैन । यसमा रस र मह मिलाएर खाएमा न्यूमोनियाका बिरामीलाई राम्रो हुन्छ । यदि तपाइलाई ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा ठिक हुन्छ ।
यदि बालबालिकालाई झाडापखाला लागेको छ भने दूधमा पुदिनाको पात उमालेर २ चम्चा २ ३ पटक खाएका ठिक हुन्छ । पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई पनि राम्रो हुन्छ । यसको पात मुखमा राखेमा श्वासको दुर्गन्ध पनि हराउछ ।
प्रकाशित मितिः २०७८ असोज ६ बुधबार
Comments